मंगलसेनबाट धनगढी जाँदै गरेकाे बस कैलासखाेलामा दुर्घटना २ जनाकाे मृत्यु


पैरवी खबर

मंगलसेनबाट धनगढी जाँदै गरेकाे बस कैलासखाेलामा दुर्घटना २ जनाकाे मृत्यु

अछाम
अछामकाे मंगलसेनबाट धनगढीका लागि छुटेकाे सुदुरपश्चिम यातायातकाे ना ६ ख ८२९ नं काे बस मंगलसेन नगरपालिका वडा नं ४ काे कैलासखाेलामा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि दुई जनाकाे घटना स्थलमै मृत्यु भएकाे हाे । अन्य घाईते भएका छन् । घाईतेकाे एकिन बिववरण अाउन सकेकाे छैन । घाईतेकाे जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा उपचार भैरहेकाे छ ।
मृत्यु हुनेमा मंगलसेन नगरपालिका वडा नं १४ का अन्दाजि वर्ष ५७ का टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका वडा नं १ का वर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।
बस सडकबाट करिब ५० मिटर तल खाेलामा खसेकाे र गाडि चालक फरार रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।