साफेबगर :नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी प्रथम भेला आज जयगढ सम्पन्न भएको छ।
बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटी अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले आन्दोलनलाई बिच बाटोमा छोडेर जानु जनताप्रति गद्दार भएको बताउनुभयो । केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने अहिले एकताको नाममा केपिको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको धारणा व्यक्त गर्नुभयो ।उहाँले केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट समाजावादी पार्टीले बिद्रोह गरेको बताउनुभयो । यस्तै उहाले अछाममा एमालेको लाल किल्ला कुनै अमुक व्यक्तिका कारण नभए अछामी जनताको मायाले भएको बताउनुभएको ।
केपि ओलिका कारण एमाले समाप्त भएको बताउदै अब अछाममा समाजवादी पार्टीले जनताले माया गर्न उहाँको भनाई रहेको छ ।
भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले केपि ओलिको गलत कदमलाई अन्त्यमा आएर भिम रावलले साथ दिएका कारण रावलको साथ छोडेको बताउनुभयो । उहाँले रावलले सुरुमा जुन बाटो देखाएको आफू त्यही बाटोमा अघि बढेको बताउदै बरु रावलले भनेर गन्तव्य छोडेर ओलिको शरणमा गएको बताउनुभएको ।
भेलामा बोल्दै बिशिष्ठ अतिथी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य अछाम सहईन्चार्ज एवम् सुदुरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउदले केपि ओलि नवउदारवाद राजाका रुपमा उदाएका कारण पार्टीमा बिद्रोह भएको बताउनुभयो । उहाँले केपि ओलिको गलत प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत नजिकको सरकार विस्थापित हुनु परेको धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले पुर्ब आर्थिक मामिला मन्त्री झपट बोहराले अछामि जनताको मतको अपमान गरेको बताउनुभयो । राज्यमन्त्री साउदले जयगढ देखि रामारोशनको सडकको काम चाडै अघि बढ्ने जानकारी गराउनुभयो ।
प्रथम भेलालाई केन्द्रिय अनुशासन आयोग सदस्य कम्मान सिह खड्का, केन्द्रिय परिषद कमिटी सदस्य अमृता खड्का, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, शिवबहादुर कुँवर शिलोज, जितबहादुर निशानी, जिल्ला कमिटी उपाध्यक्ष बिर्मला देबि बुड्थापा,बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीका इन्चार्ज टेकबादुर रावल , अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य अछाम जिल्ला कमिटी अध्यक्ष शकर बिष्ट,युवा संघका केन्द्रिय सदस्य सुशील खड्का लगायतले सम्बोधन गर्नुभएको थियो ।जिल्ला कमिटी सचिवालय सदस्य मोहनलाल ताम्राकार स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन गाउँ संगठन कमिटी सचिव तिलक ठकुल्लाले गर्नुभएको थियो ।


