नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को रामारोशन गाउँपालिका संगठन कमिटी प्रथम भेला आज मुजाबगरमा सम्पन्न भएको छ। रामारोशन गाउँपालिका संगठन कमिटीका अध्यक्ष भरत विष्टको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले एमालेबाट पार्टी फुटेको नभई बिद्रोह भएको दाबी गर्नुभयो । उहाँले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनुभयो । अहिले समाजवादीको बिचार प्रति जनताको आकर्षक बढ्दै गएको पनि धारणा व्यक्त गर्नुभयो । फरक प्रसङ्ग बोल्दै राष्टिय सभा सदस्य कुँवरले संसदमा अछामको बिकास निर्माणका मुद्दालाई उठाउदै आएको बताउनुभयो । रामारोशन क्षेत्रका समस्यालाई आफुले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले नेपालको राजनीतिक दलहरुको निर्माण नै बिद्रोहबाट भएको बताउनुभयो । उहाले
कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, तानाशाही राष्ट्रिय आत्मसमर्पणवादी ढंगले
केपी ओलि अघि बढेका कारण कम्युनिस्ट पार्टी छिन्न भिन्न भएको बताउनुभयो । बिकासको खाका कोर्नको लागि समाजवादी पार्टीको स्थापन गरिएको धारणा व्यक्त गर्नुभयो ।
भेलामा बोल्दै बिशिष्ठ अतिथी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य अछाम सहईन्चार्ज एवम् सुदुरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउदले रामारोशन बाढी प्रभावित क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको बताउनुभयो । उहाँले आगामी वर्षमा रामरोशन क्षेत्रमा बिशेष बजेटको व्यवस्था गरिने पनि धारणा व्यक्त गर्नुभयो ।
प्रथम भेलालाई केन्द्रिय परिषद कमिटी सदस्य,एवम् प्रदेश सभा सदस्य बलबहादुर सोडारि,केन्द्रिय परिषद कमिटी सदस्य अमृता खड्का, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर बुढा, शिवबहादुर कुँवर शिलोज, जितबहादुर निशानी,समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर, जिल्ला कमिटी उपसचिव, साँफेबगर संगठन कमिटी इन्चार्ज हिक्मत कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य रामरोशन ईन्चार्ज ताराप्रसाद खनाल, जिल्ला कमिटी सचिवालय सदस्य प्रभु खनाल, भानु खनाल, जनक बिष्ट, बिष्णु शाह, महिला नेतृ जयन्ती बोगटी लगायतले बोल्नुभएको थियो । गाउँ संगठन कमिटी उपाध्यक्ष भिमबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन जिल्ला कमिटी सदस्य दान बहादुर कुँवरले गर्नुभएको थियो ।