वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आस्था नेपाल अछामको आयोजनामा अछामको मंगलसेन र साफेबगरमा जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण (TOT) तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
मंसिर १० देखि सन्चालन भएको उक्त प्रशिक्षण तालिममा अछाको कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका १२ जना यसैगरी पन्चदेवल बिनायक नगरपालिकाका १,२,३४,६ र ७ गरि ६ वटा वडाका १२ जना समेतगरी जम्मा २४ जना साथी शिक्षकहरूलाई जीवन उपयोगी सीप ( रूपान्तरण) सम्बन्धी तालिम र आत्मरक्षा सम्वन्धी तालिम दिन मंगलसेनमा सुरू गरिएको छ।
किशोर किशोरीहरूको शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न संवेगहरू नियन्त्रण गर्न र जीवन एवं समाजलाई रूपान्तरण गर्ने सीप सिकाउने उदेश्यले उक्त तालीमको आयोजना गरिएको थियो। तालिममा जीवन उपयोगी सीपका पन्ध्र वटा खण्डहरूको बारेमा प्रयोगात्मक, अभिनय, खेल विधि , समुहकार्य , प्रशिक्षण आदी बिधीहरूद्वारा सहभागीलाई प्रशिक्षण सुरू गरिएको छ।
यसका साथै किशोर किशोरीहरूलाई हुन सक्ने सम्भावित हिंसात्मक गतिविधी,याैन जन्य हिंसा, शारीरीक र मानसिक दुर्व्यवहारहरूबाट भछ्न मदत पुर्याउने उदेश्यले उक्त TOT तालिमको संचालन गरिएको छ।
यो तालिमको समापन भए लगत्तै साथी शिक्षकहरू मार्फत सम्बन्धीत वडामा किशोर किशोरीहरूलाई जीवन उपयोगी सीपमा सक्षम बनाउने उदेश्यले कक्षा संचालन गरिनेछ।
उक्त दस दिने तालिमको सहजीकरण NN फाउन्डेसन नेपालका प्रशिक्षक सुदिप लामा र सुष्मा बिष्टले गरि रहनु भएको छ। र उता मेल्लेख गाउँ पालिका र साफेबगर नगरपालिकाका साथी शिक्षकहरूकालागी साफेवगर अछाममा पनि यसै संस्थाको आयोजनामा सो तालिम संचालन गरिएको छ।