साफेबगर “युवा आवाज ” तेस्रो अंक पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।युवा संजाल साफेबगर अछाम ( YNSA) द्वारा प्रकाशन हुने “युवा आवाज” नामक पुस्तक बिमोचन भएको हो । संजालका अध्यक्ष भुपेन्द्र भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साफेबगर नगरपालिका का उप प्रमुख बिर्मला बुड्थापा र बिशिस्ठ अतिथि साहित्यकार हर्ष प्रसाद भट्ट द्वारा बिमोचन गरिएको हो ,उहाँले वि.अ को आसनबाट बोल्दै अछाममा कुनै बेला साहित्य क्षेत्रमा एक्लै यात्रा गरिरहेको , साहित्य क्षेत्र भनेको समाजको एना हो यस क्षेत्रमा निरन्तर कलम चलाउन युवा पुस्ताका साहित्यकार हरुलाइ आग्रह गर्नुभएको छ । कार्यक्रममा कार्यपालिका सदस्य शंकर भुल , सा .न .पा ४ मस्टामाडौ कार्यबाहक अध्यक्ष राजेन्द्र बगरकोटी , नेकपा एमाले नगर कमिटी सदस्य जानकी लुहार, नेपाली काङ्ग्रेस नगर सभापति लाल बहादुर कुवर ( नेत्र ) सु .प. गजल मंच सदस्य मनोज बिवस , अछाम गजल मंच पूर्ब अध्यक्ष हिमाल उदासी , साहित्यकार लोकेश महता , साहित्यकार बलाराम उपाध्याय , कबिराज जोशी अतिथि रहनु भएको थियो । बिमोचन कार्यक्रममा : सन्देश बिक्रम रावत , तेबन्त बिष्ट , खेम निर्मल साउद , टेक रावल , लगाएतले रचना बाचन गर्नु भएको थियो ।युवा आवाज पुस्तकका सम्पादक धनराज जोशीले पुस्तक माथी प्रकाश पार्नुभएको थियो भने अछाम गजल मंच पुर्ब संस्थापक अध्यक्ष हिमाल उदासीले टिप्पणी गर्दै पुस्तकमा राख्नुपर्ने” विषय सूची ” घोषणा पत्र , आवरण र शुभकामना ,को बारेमा केहि टिप्पणी गर्नुभएको थियो , समग्र रूपमा पुस्तक राम्रो भएको र युवा संजाल साफेबगरले सान्दर्भिक काम गर्दै आएको बताउनु भयो । संजालका सदस्य पदम बादीले शुभकामना राख्नुभएको कार्यक्रमको संचालन संस्थापक सचिव धन बहादुर कुवरले गर्नुभएको थियो ।