चौरपाटी -२ सोकटमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरपाटी गाउपालिकाकाे वडा नं. २ को अधिवेशन सम्पन्न भएकाे छ । वडा कमिटी अध्यक्ष दिलु साउदकाे अध्यक्षतामा भएको वडा अधिबेशनका प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) का जिल्ला कमिटी सदस्य एवं पालिका सह इन्चार्ज पूर्णबहादुर साउद रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै साउदले सोकटमा पनि माओबादि केन्द्र पहिलो पार्टीकाे रुपमा स्थापित भैसकेको दाबि गर्नुभयो । उहाँले आगामि चुनावमा बहुमतका साथ वडा सरकार बनाइने बताउनुभयो । यस्तै कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा प्रभाबशाली युवा नेता जीवन बिक्रम साउदले माओवादी पार्टीले देशको रुपरेखा कोरेको र देशको आमूल परिवर्तन गरेको बताउनुभयो । उहाँले जनता माझ ढुक्कसँग हातेमालो र सहकार्य गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गर्नु भएको थियो ।

उद्दघाटन कार्यक्रममा अनेरास्ववियु करान्तिकारिका जिल्ला सह-सचिव रबिन्द्र साउदले स्वागत मन्तव्य राख्नु भएको थियो भने पालिका संगठन कमिटी सदस्य मानबहादुर बिक, शिक्षक संगठनका केशब बहादुर साउद, कार्यक्रममा नेपालि कांग्रेस, नेकपा एमाले र नेकपा एस पार्टीका प्रतिधिनीले प्रथम वडा अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमकाे संचालन वडा कमिटी सचिव जीवन जलन बिकले गर्नुभएकाे थिए ।

अधिवेशनको बन्दसत्रबाट दिलु साउदको नेतृत्वमा २५ सदस्यीय नयाँ वडा संगठन कमिटी चयन गरिएको छ।