सुरत सुनार
अछाम ।नेपाली काङ्ग्रेस अछामका नेता तथा पूर्व महाधिबेशन प्रतिनिधि अर्जुन ताम्राकारले नेपाली काँग्रेसको १४ औ महाधिवेसन प्रतिनीधि पदमा उम्मेदवार रहेका छन् ।
पार्टीमा दलित समुदायका लागि आरक्ष कोटाको व्यवस्था भए अनुसार त्यही कोटामा उहाँले उम्मेदवारी दिनु भएको हो । अछामी दलित समुदायको हक हितका लागि तथा देशमा हुने पार्टीको आगामी चुनावमा नेपाली काँग्रेस पार्टीलाई जिताउन र थप उर्जावान बनाउन आफ्नो उम्मेदवारी रहेको नेता ताम्राकारले बताउनुभयो ।
उहाँले आफु विद्यार्थी हुँदा २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन पश्चात् विद्यार्थीबाट नै राजनीतिक यात्रा प्रारम्भ गरेका हुन ।
२०४६ साल टिकापुरमा काँग्रेस नेता राम चौधरीबाट नेविसंघको सदस्यता प्राप्त गरेका नेता ताम्राकारले लामो समय सम्म नेबिसंघ ईकाइको सभापती भएर काम गरि सक्नु भएको छ ।
तम्राकारले तत्कालिन समयमा टिकापुरमा कजेल नहुदाँ उनि अछाम फर्केर जनता बहुमुखी क्याम्पसको पढाई सुरु गरेलगत्तै अछाममा सिमान्कृत महिला दलितहरुको हक हितका बारेमा आवाज उठाउँदै आउनु भयो ।
अहिले पनि अर्जुन ताम्राकार त्यहाँका दलित समुदायको हक हितका लागि विभिन्न निकायमा आवाज उठाउँदै आउनु भएको छ ।
उहाँले आफ्नै जन्मभुमी अछाममा पाइला टेकेपछि अछामी दाजुभाइ तथा दिदि बहिनीहरुले पनि एक कुशल नेताको रुपमा चिनेको स्थानीयको भनाइ छ ।
सुख दु:खको शारथी बन्ने इच्छा जगाउँदै विभिन्न आनदोलनमा सहभागि बन्दै आएका ताम्राकार अहिले अछामी जनातको लोकप्रीय नेताको रुपमा उभिनु भएको छ ।
नेपाली काँग्रेसमा आवद्ध भएर काम गरेका ताम्राकारले २०४९ सालमा नेपाली काँग्रेस चण्ढिकाको गाँउ ईकाइको सचिव पद समालेर निकै लामो समय काम गर्दा अछामी दलित समुदायले निकै हर्ष र खुसीको कुरा गरिरहेका छन् ।
सानै देखि मिठो बोली स्वभावका ताम्राकार अहिले पनि कसैमा बोल्नु परे वा कुरा गर्नु परेमा निकै कोमल कण्ठ तवरले बोल्नु हुन्छ ।
उहाँको सबै भन्दाबढी यो इमान्दरी छ जो अहिले पनि कोहीले घुलमेल गरे भने सायत त्यसको मन एक दमै लालायीत हुन्छ ।
अछामी जनता तथा विशेष गरी अछामका दलित समुदायको निम्ती राजाको हैकमबादसँग नझुकेका नेता ताम्राकार २०५३ सालमा नेपाल किसान संघको सचिव हुदैँ २०५६ सालमा नेपाली कांग्रेस अछामको जिल्ला सदस्य समेत हुुनुभएको थियो ।
२०५६ साल देखि नै २०६२ सम्म नेपाल दलित संघ अछामको सभापती समेत बन्नु भएका ताम्राकार अहिले पनि उहाँको राजनीतिक दाउँ भने जस्ताको तस्तै रहेको छ ।
उहाँको यो जोस जागर तथा जनतामा देखाउने जुन स्वभाव कार्यशैली तथा इमान्दारी रहिरहेकोले अहिले पनि त्यो जोस कत्ति पनि कम भएको छैन् ।
२०६२/६३ को जनआन्देलनमा अछाममा नेपाली काँग्रेस भित्र रहेका दलितहरु मध्येबाट उनि मात्रै अछाममा हिरासतको बास बसेका थिए ।
हिरासतमा बस्दा उहाँको श्रीमतीले मेरो श्रीमानलाई छोडिदिनु भनेर कयौ हारगुहार गर्नु भयो । धेरै मानिसले आत्म समर्पण गर भन्यो तर इमान्दरीता कठोर व्यक्ति ताम्राकारले भने उल्टै देश र अछामी जनताले चाहेको शासन प्रणाली ल्याउन मेरो खाँचो हुन्छ भने म त्यसैमा रमाउछु भनेर तानासाहीलाई जवाफ दिनुभयो ।
मलाइ मेरो दाइ भाइ र मेरा अग्रज र फरफराइ रहेको त्यो चारतारेले आफ्नो हक हितको लागि छातीमा गोली खा भनेको ताम्राकारले शाही सेनालाई जवाफ दियो ।
मेरो यो न्यायपुर्ण कारागारको बसाइ हो । म छातीमा गोली खान तयार छु जो झुकेर बााहिर आउँन चाहदैनन ताम्रकारले भन्नुभयो ।
अरु क्षेत्रबाट २२ जना नेताहरु थिए भने दलित समुदायको तर्फबाट उनि एक्लोले कारागारको बास बसेका हुन् ।
त्यती बेला दलित के अन्य समुदायको पनि राजाका सामुन्य केही जवाफ दिन सक्दैन थिए तर यो कुरा ताम्राकारका सामुन्य केही पनि थिएन ।
किनकि देशमा राम्रो सासन व्यवस्था आउछ भने म त्यसका लागि मर्न तयार छु ताम्राकारको भनाइ थियो । तर एक होनहार दलित समुदायको नीम्ति मर्न तयार भएका ताम्राकारले भने त्यति बेला नै राजाको यो बज्रश्वदाई स्वीकार्य गरेनन् ।
ताम्राकारको यो महान कार्य र जनता प्रतीको विश्वासले अहिले पनि नेपाली काँग्रेस पार्टीले उत्तीकै मुल्यांकन गरिरहेको छ । यो मुल्याकंनसँग यती बेलामा पनि ताम्राकार अछामी दलित समुदायको मात्र नभइ देशभरका दलित समुदायको हकहितका लागि आफ्नो १४ औँ महाधिवेसन प्रतिनीधिको उम्मेदवारी रहेको बताउनु हुन्छ ।
२०६६ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य मनोनित भएका नेता ताम्राकार नेपाली काँग्रेसको १२ औं महाधिबेशनमा अछामबाट केन्द्रिय महाधिबेशन प्रतिनिधी निर्वाचित हुनु भएको थियो । १४ औँ महाधिबेशनमा पनि आफुलाई केन्द्रिय महाधिबेशन प्रतिनिधिका रुपमा अघि सारे भने म पार्टीले दिएको जिम्मेवारी सबै पुरा गर्ने विश्वास दिन्छु ताम्राकारले भन्नुभयो ।
नेता ताम्राकारको जीवनमा कयौ आधिहुरी आए कयौँले प्रलोभन दिए कयौँ पार्टीले सभासद बनाउने आशा देखाए तर लोकतन्त्रको जगमा बसेका ताम्राकारले वीपिको मुल्य मान्यता र पार्टीको बिधि विधानलाई विर्षन सकेनन् ।
उहाँको राजनीतिक यात्रा, निकै रमाइलो तथा लालायित छ । चाहे भने म ज्यान दिन्छु तर पार्टीमा रहेर कुनै अपराध गर्दैन उहाँको भनाइ छ । अछामका दलित समुदायको हितमा आफनो जीवन समर्पण गर्ने गरी रातदिन नभनि काममा निरन्तर लागि रहुनुभएका दलित नेता ताम्राकारले यती बेलामा यो महाधिवेसनमा आफुलाई सबैले साथ दिनु पर्ने अपिल गर्दै आउनुभएको छ ।
राजनीतिक रुपमा थुप्रै उपलब्धी हासिल गर्नु भएका ताम्राकार पहिलो र दोेश्रो जनआन्दोलनमा हामी जनता कै लागि आन्दोलनमा होमिएको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, म दोश्रो जनआनेलनका क्रममा गिरफ्तार पनि भए । तर हामीलाई यति सजिलै गणतन्त्र आउँला र पाउला भन्ने कुनै विश्वास थिएन । इमान्दर लगनशिलता र पार्टीले दिएको जिम्मेवारीमा नैतिकताको झोला बोकेर शान्ती पुर्ण आन्दोलन गर्यो भने पनि त्यो कुनै कुरा असम्भव हुँदो रहेनछ ताम्राकारले बताउनुभयो ।
यसैको पणिराम यो लोकतन्त्र गणतन्त्र आएको हो । यो ल्याउन हामी मात्र नभइ हामीलाइ यहाँ सम्म पुगाउने ती महान आमा बुवा दाजुभाइ तथा दिदि बहिनी हुन म उहाँलाई पनि नमन व्यक्त गर्दछु ।
राजाको कु बेलामा मैले मेरा बुवा र दाईलाई भनेको थिए, दाजु म तपाइको छोरा भाइ मात्र नभइ म यो पुरै अछामी आमा बुवा र दाइभाइको आफन्त हुँ । म आज राजाले जनता माथी देखाएको यो अस्ली अस्वभाव र जनताको टाउँकोमा त्यरस्याएको गोली रोक्न जाँदैछु ।
त्यहाँ जाँदा मलाई मेरो कर्तव्यले ज्यान माग्न सक्छ । म गरिब दुःखी तथा पीडित आमा बुवाले चाहेको लोकतन्त्रका लागि ज्यानको बाजी राख्न तयार छु ।
त्यसैले म देश र जनताको जिम्मेवारी पुरा गर्न यो ज्यान दिन तयार हुँदा नर्फिकन पनि सक्छु त्यसैले यो परिवार हजुरको जिम्मामा छ भनेर घरबाट गएको हुँ । त्यो कुरा गर्दा अहिले पनि मेरो आग जिरिङ हुन्छ ।
जनआन्दोलनमा होमिने बेला म त पार्टीले बोलाएपछि जानुपर्ने हुन्छ राजाको सेनाले हामीलाई जुनसकै बेला पनि जे पनि गर्न सक्छ त्यस कारण परिवारको हेरचाह गरिदिनुहोला भनेको स्मरण ताजै जस्तो लाग्छ नेता ताम्राकारले भन्नुभयो । म जस्तै हजारौ दाजुभाइ तथा लाखौ जनताका कारण अन्तमा पछि देशभरी आन्दोलन सफल भयो ।
म घमण्डका साथ यो कुरा भन्छु यसको भाग्यदार म पनि रहेको थिए । त्यसर्थ यो मेरो जिवननै नेपाली काँग्रको सबै नीति विधिविधानमा घुलिरहेको हुँदा म अहिले यो १४ औ महाअधिवेसनमा प्रतिनिधिको रुपमा अघि सरेको छु ।
त्यसैले मेरो यो महान सोच बिचारलाई अछामी आमा बुवा दाजुभाइ तथा दिदीबहिनी र पार्टीका शुभेच्छुक आदरणिय नेता ज्यूहरुमा मतको अपिल गर्छु ।
पैसा मात्रै होईन एक प्रकारको सम्मान हो । सम्मानित पदका लागि पछि हट्ने कुरै थिएन । ईच्छा पनि व्यक्त गरे, पार्टीका नेताहरुसँग सहयोग पनि माँगे । तर पार्टीले सांगठनिक रुपमा गरेको काम, समय र संघषको मुल्यांकन गरिदिएमा फेरि पनि मेरो यो राजनीति यात्रा निकै सहज हुने ताम्राकारको भनाइ रहेको छ ।
म ३२ बर्ष बढी देखि निष्ठा, त्याग, ईमान्दार र सर्मपणका साथ स्वार्थ रहित काँग्रेस अछामको राजनीतिमा सक्रिय छु । आगामी दिनमा पनि मेरो सक्रियतामा कुनै कमी आउदैन् । त्यसैले म यो महाधिवेसनको इछा जगाएको छु ।
नेबिसंघ हुदैँ विभिन्न चरण पार गरेर पार्टीमा आएको मान्छे म झुटो बोल्न चाहान्न् पार्टी, जनता र समाजका लागि हिजो पनि क्रियाशिल थिएँ, आज पनि छु र भोली पनि हुनेछु, ईमान्दार भएर खट्ने छु, जनताका पीर मर्कामा साथ दिएर अघि बढ्ने प्रण गर्दछु ।
कतिपय कुरा कस्तो देखिन्छ भने माननिय पनि पाईएला मन्त्री पनि पाईयला आखिर ति केही समयको लागि ताम्राकारको बुझाइरहेको छ । ताम्राकार भन्नुहुन्छ, पाउने कुरा के हो भन्दा पहिलो जनआन्दोलनमा म २०४६ सालमा होमिए प्रजातन्त्र पायौँ । दोश्रो जनआन्दोलनमा होमिए गिरफ्तार भएर लोकतन्त्र पायौँ । लोकतन्त्रमा जनताको छोरा राष्टपति हुन्छ, प्रधानमन्त्री हुन्छ, प्रधानन्याधिस हुन्छ भन्ने कुराको जुन अनुभुति मिलेको छ त्यो नै मेरो लागि ठुुलो हो ।
मैले व्यक्तीगत रुपमा के पाँए भन्दा पनि सिंगो राष्ट्रले के पायो, हाम्रो समाजले के पायो भन्ने कुरामा बढी ख्याल राख्दै गयो भने त्यो नै देश प्रेमी नेता हो जस्तो मलाइ लाग्छ ।
यो बिभिन्न समुदायबाट समावेशी अवधारणाबाट सबै समुदायका मानिसहरु केन्द्रिय कमिटीमा जाने बिधान छ हाम्रो पार्टीमा । म त्यो बिधान भएका नाताले मैले नेबिसंघको ईकाई सभापति, किसान संघको सचिव, दलित संघको सभापति, पार्टीको जिल्ला सदस्य, केन्द्रिय सदस्य, महाधिबेशन प्रतिनिधी लगायतका पदमा रहेर ३२ बर्ष काम गरेको हुँ । पछिल्लो समय केन्द्रका नेताहरुले पनि तपाई जिल्लाबाट आउनुहोस् अहिले पार्टीमा हरेक क्षेत्र बर्ग र समुदायको प्रतिनिधीत्व गराएको छ भनेका कारण मैले पनि यति बेला पनि १४ औ केन्द्रिय महाधिवेसन प्रतिनिधिमा भाग लिएको हु ।
मलाइ विशवास छ यो बेलामा पनि यहाँका अग्रज नेताहरुले मेरो यो इमान्दारीतालाई सहि मुल्यांकन गुर्न हुने छ मैले पनि यो भन्दापछि अन्य मेरो दलित दाजुभाइहरुलाइ पुस्ता हस्तान्त्ररण गर्ने विश्वास दिलाएको ताम्राकारले बताउनुभयो । नेता ताम्राकार भारतीय दलित साहित्य एकेडेमीबाट डा. भिराव अम्मेडकर पुरस्कारबाट २००७ मा सम्मानीत समेत हुनु भएको थियो ।