अनेरास्ववियु अछामले बुझायो जिल्ला प्रशासन कार्यालय लाई ज्ञापन पत्र


पैरवी खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालय अछामलाई ज्ञापन पत्र बुझाएको छ । गठबन्धनको सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदर्थमा गरेको मुल्य वृद्धिका कारण ज्ञापन पत्र बुझाएको हो । जस्मा पेट्रोलमा रु ३ रुपैया , डिजेलमा रु ३ रुपैया , मट्टीतेलमा रु ३ रुपैया , हवाई इन्धनमा रु ५ रुपैयाँ र एल पि ग्यासमा ७५ रुपैयाँको मुल्य वृद्धि गरेको भन्दै बढेको मुल्य वृद्धिको तत्काल समायोजन र कालोबजारीको अनुगमन गरि मुल्य वृद्धि तत्काल फिर्ता गराउन यो पत्र बुझाएको अनेरास्ववियु अछामका इन्चार्ज निरक शाहीले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद मल्लले ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकाय सम्म पुर्याउने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य देबेन्द्र भण्डारी , सरोज रावल , अनेरास्ववियु अछाम आर्थिक बिभाग प्रमुख नरेन्द्र खड्का , जिल्ला कमिटी सदस्य क्याम्पस बिभाग प्रमुख भिम बडाहित , युवा संघ केन्द्रिय सदस्य रबिन्द्र साउद , अनेरास्ववियु पूर्व जिल्ला सह सचिव डम्बर रोकाया को समेत सहभागीता रहेको थियो