महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, असोज १५ गते । नेपाली काँग्रेसका नेत्री शुभद्रा पाण्डेले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेकी छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नेत्री पाण्डेले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेकी हुन् ।
आगामी आउने निर्वाचनमा बाजुराबाट नेपाली काँग्रेस विजय गराउन र बाजुराका महिला दिदीबहिनीहरुको सही नेतृत्व गर्ने उद्देश्यका साथ महिला नेत्री पाण्डेले यती बेला आफ्नो केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताएकी छन् ।
उहाँले भन्नुभयो, गाउँ देखि वडा,वडा देखि पालिका, पालिका देखि जिल्ला सम्म नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको हो ।
स्थानीय, प्रदेश र संघको आगामी आउने निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस नेत्री पाण्डले बताउनुभयो ।
नेत्री पाण्डेले नेपाली काँग्रेस पार्टीको विभिन्न भातृसगठन रहेर धेरै वर्ष सम्म पार्टीको काम गर्दै आउनु भएको छ ।
नेत्री पाण्डेले २०४८ सालमा नेविसंघको साधारण सदस्यता लिएर विद्यार्थी जीवनमा राजनीति गर्दै आउनु भएकी थिइन् ।
नेत्री पाण्डे २०५५ सालमा बर्दीया जिल्लाको क्षेत्र नम्बर २ को नेपाल विद्यार्थीसंघको निर्वाचित सभापति हुन्् ।
२०५६ सालमा बबई बहुमुखि क्याम्पस गुलरिया , बर्दीयाको ईकाई समितिको सदस्य भएकी थिइन् ।
२०५६ देखि २०६४ सालमा नेपाल विद्यार्थीसंघको महाधिबेसन प्रतिनिधि समेत भएकी थिइन् ।
२०६१ सालमा महेन्द्रबहुमुखी क्याम्पस, नेपालगञ्जमा स्ववियू सदस्यमा निर्वाचित भएर काम गरेकी थिइन् ।
२०६२ देखि २०६५ साल सम्म बाँके जिल्लाको तरुणदलको जिल्ला सदस्य निर्वाचित भएर पार्टीको भातृसगठनमा काम गर्दै आएकी थिइन् ।
२०६४ साल महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जमा स्ववियु सदस्य हुँदै माओवादी शान्ति प्रक्रियामा आउँदा सबै पद अखिल तथा क्रान्तकारीले जित्दा पनि स्ववियु कोषाध्यक्षमा सबै भन्दा बढी मत ल्यायर नेविसंघबाट बिजयी बनेकी थिइन् ।
२०७२ सालमा नेपाल महिलासंघ बाजुराको सचिव पदमा रहेर सक्रियरुपमा काम गर्दै आएकी थिइन् ।
लामो समय सम्म नेपाली काँग्रेसमा सक्रिय भएर लागि रहनु भएकी नेत्री पाण्डे नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्यमा निर्वाचित भएकी थिइन् ।
पढेर जागिरे हुनु भन्दा राजनीति गरेर देश समाजको सेवा गर्नु भन्दै राजनीति क्षेत्रमा उदाएकी नेत्री पाण्डे अहिले पनि जिल्लामा हुने नेपाली काँग्रेसका विभिन्न सभा गोष्टीमा भाग लिदै आएकी छन् ।
नेपाली काँग्रेस बाजुराको एक सक्रिय महिलाको रुपमा चिरपरिचित् हुँदै आएकी पाण्डेले काँग्रेसको १४ औ केन्द्रिय महाधिवेसनमा आफुलाई प्रतिनीधिमा पदमा विजयी गराउन बाजुरावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गर्दै आएकी छन् ।