शेरबहादुर सार्की
बाजुरा, असोज, १४ गते । दशैँ तिहारलाई लक्षित गर्दै बाजुराको गाउँ फर्केकाहरुलाई मुख्य नाकामा चेक चाँजमा कडाइ गरिएको छ ।
जिल्ला बाहिरबाट गाउँ फर्किने क्रम निकै बढ्दै गएको र उनीहरुबाट कोरोना फैलिने सम्भावना बढी देखिएकोले बाजुराका चार वटै नाकामा कोरोना चेक जाँचमा निकै कडाइ गरिएको हो ।
बडिमालिका नगरपालिका स्थानीय हर्क विकले भन्नुभयो, आफु घर खर्च चलाउनका लागि भारतको पौडीमा काम गर्न गएको थिए । त्याहाँ म सगै काम गर्ने केही साथीहरुलाई कोरोना देखिएको थियो ।
आफुलाई पनि कोरोना छ की भन्ने निकै चिन्ता लागेको थियो । अहिले बाजुराको डाब बजारमा स्थापना गरेको हेल्प डेक्समा जाँच गर्दा आफुलाई कोरोना नदेखिएपछि खुःसीले घरमा जाने भएको छु ।
नेपालीहरुको महान चाँड दशै तीहार नजिकीदै जाँदा विदेशबाट दशै मनाउँनका लागि गाउँमा फर्किने क्रम बढ्दै गएको छ ।
गाउँ पर्केकाहरुबाट कोरोना सर्ने सम्भावना भएकोले गाउँमा कोरोना फैलिन नदिने गरी उनीहरुलाई कोरोना जाँचमा निकै कडाई गरिँदै आएको बाजुराको डाब बजारको हेल्प डेक्समा कार्यरत स्वास्थ्यकर्मी शङ्कर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिले तलबाट आउने सबै गाडीलाई यतै रोक्ने गरेका छौ । त्यस गाडीमा भएका सबै प्यासेन्जरहरुको ज्वोरो तथा कोरोना जाँच गरेर मात्र गाउँ पठाउँने गरेका छौ ।
बाजुरामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या शुन्य भएपनि दशै तिहारमा जिल्ला भन्दा बाहिरबाट आएकाहरुबाट कोरोना फैलिने डर भएकोले बाजुराको चारवटै मुख्य नाकामा हेल्प डेक्स राखेर कोरोना जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, बाजुरामा कोरोना फैलन नदिनका लागि जिल्लाको जागनाथ गाउँपालिकाको जुड्डी, हिमाली गाउँपालिकाको धुलाचौर बूढीनन्दा नगरपालिकाको कोल्टी र बूढीगङ्गा नगरपालिकाको डाब बजारमा हेल्पडेक्स स्थापना गरिएका छन् ।
यी हेल्प डेक्सले जिल्ला भन्दा बाहिरबाट आउनेहरुको स्वास्थ्य तथा कोरोना जाँचमा निकै राम्रो काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।