भारतमा एक नेपाली महिलाको श्रीमानद्वारा चक्कु प्रहारगरी हत्या


पैरवी खबर

अछाम :दिल्लीको छतरपुरमा एक महिलाको आफ्नै श्रीमानद्वारा हत्या भएको छ । अछाम जिल्ला साँफेबगर नगरपालिका वडा न. १३ बाब्लाका अर्जुन साउदले आफनै श्रीमती चैती देबि साउद को मङलबार राती रक्सी सेवन गरी घाटिमा धारिलो चक्कु प्रहारगरी हत्या गरेका हुन ।
मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन ।साउद बेला- बेला पारिवारिक झै- झगडा गरिराख्ने झगडा गर्नको कारण थाहा पाउँदा साउदको पर- स्त्री सङ्ग सम्बन्ध भै घरकि श्रीमतिलाई पटक पटक सम्बन्ध बिच्छेदका लागि दबाब दिई रहको थ्यो भन्ने कुरा घटना स्थलबाट सामाजिक अभियानता तिलक रावल ले जानकारी दिनुभयो ।
मृतकको लास अहिले दिल्लिको सत्रजङ्ग हस्पिटलमा रहेको छ भने हत्यारा श्रीमान मेरौली थानामा पक्राउ परिसकेका छन ।