हाम्रो देशको संविधान मात्र पानामा सिमित भइदियो


पैरवी खबर

हाम्रो देशको संविधान मात्र पानामा सिमित भइदियो
हाम्रो देशका नेतालाई राजधानी मात्र देश भइदियो।

शासकहरु लाई मनपरी जहाँ जे गर्दा नि यहाँ
सहि गलत नछुटाई एकोहोरो ताली बजाउने जनता भइदियो।

संविधान ल्यायौ भनी गर्वगर्दै हिँड्नुहुन्छ उहाँहरु
एकपक्षले दीप प्रज्वलन अर्कोतिर कालो दिन भइदियो।

कानुन नै खोज्नुपर्ने यहाँ घोर अन्याय हुँदापनि
एकातिर बलत्कारअनिहत्याअर्कोतिर दोषीलाई बचाउ भइदियो।

हुनेखाने हुँदै गए गरिबलाई माथा पिट्
ठूला हरुलाई चैन अनि ‌ सानोलाई ऐन भइदियो।

लेखक

कुबेर निशानी