शेरबहादुर सार्की
बाजुरा ,भदौ ३१ गते । मानसिक तनावका कारण घरमा थलापर्दै आएकी बाजुरा बूढीगङ्गा नगरपालिका –४ कोटकी जयश्वरी थापालाई उपचारका लागि शान्ति गृहले आर्थिक सहयोग गरेको छ ।
शान्ति पुनरस्र्थापना गृह धनगढी र महेन्द्रनगर गड्डाचौकीले जयश्वरी थापाको स्वास्थ्य उपचारमा सहज हुने गरी दशहजार रुपिँया सहयोग गरेको छ ।
मानव बेचविखन रोक्न तथा मानव उद्धारका क्षेत्रमा लामो समय देखि काम गर्दै आएकोे सो गृहले जयश्वरी थापाको उपचारमा सहजका लागि गृहका सबै कर्मचारीबाट आर्थिक सङ्कलन गर्दै सो रकम उहाँलाई हतान्तरण गरेको शान्ति पुनरस्र्थापना गृहका सुपरभाइजर पुष्पा जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, पीडित महिलाहरुको उद्धार गर्नु हाम्रो मुख्य जिम्मेवारी भएकोले यो भन्दा पहिला पनि कैलालीको डोकेबजार ,महेन्द्रनगरको गड्डाचौकी नाकामा श्रीमानले छोडेर वा दलालहरुबाट अलपत्र पर्दै गरेका दर्जनौ महिलाहरुको उद्धार गरेका छौ ।
बूढीगङ्गा नगरपालिका ४ को थुमा माविमा कक्षा ८ मा पढ्दै गरेको समयमा थापाले साथीहरुको लहलहैमा लागेर १३ वर्षकै कलिलो उमेरमा अछामका १५ वर्षीय डम्मर धामी सँग विवाह गरेकी थिइन् ।
पढेर केही गर्छु भन्दै आएकी थापाले गाउँका अन्य साथीहरुले पनि विवाह गरेको सिको गर्दै सानै उमेरमा धामी सँग विवाह गरेकी थिइन् ।
कामका लागि भारत गएको दुइ वर्षमै उनका श्रीमानको मृत्यु भएपछि पोइली घरमा उनको स्यार सुसार गर्ने र सम्झाउने आफन्त पनि कोही नभएपछि त्यो तनावकै कारणले थापालाई डिप्प्रेसन भएको थियो ।
आमा बुवाले माइती घरमा ल्याएर स्याहार गर्दै आएको भएपनि डिप्रेसन बढ्दै गएका कारण अहिले उहाँको अवस्था थप जटिल बन्दै गएको थियो ।
शरीरिमा दिशा पिसाब भएको थाहा नपाउने थापालाई धनगढी निसर्ग अस्पतालमा लिएर उचपार हुनथालेपछि अहिले उहाँको स्वास्थ्यमा निकै सुधार भएको आमा हिमा थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, घरको आर्थिक स्थिती निकै कम्जोर भएका कारण छोरीको उपचार गर्न सकिएको थिएन, अहिले विभिन्न सस्थाबाट आर्थिक सहयोग मिलेपछि छोरीको स्वास्थ्यमा निकै सुधार आएको छ ।
क्याप्सन ः शान्ति पुनरस्र्थापना गृहका सुपरभाइजर पुष्पा जोशी जयश्वरी थापालाई आर्थिक सहयोग गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा