टक्कर ताम्राकार द्वारा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा


पैरवी खबर

सुरत सुनार ,अछाम : नेपाली काँग्रेसका दलित युवा नेता टक्कर ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा ताम्राकारले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन ।

आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र दलित समुदायको समेत सहि नेतृत्व गर्ने उद्देश्यका साथ दलित नेता ताम्राकारले यती बेलामा पनि आफ्नो केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, आफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन मेरो उम्मेदवारी रहेको छ ।
स्थानीय प्रदेश संघको आगामी आउने निर्वाचनमा विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस युवा नेता ताम्राकारले बताउनुभयो ।
ताम्राकार २०६६/ २०७० साल गरी दुइ पटक दलित संघ अछामको जिल्ला सचिव पदमा बसेर काम गर्नु भएको थियो ।
२०७४ मा दलित संघ अछामको अध्यक्ष पदमा रहेर निकै राम्रो काम गर्दै आउनु भएको थियो ।

दलित नेता टक्कर ताम्राकारले लामो समय सम्म सामाजिक क्षेत्रमा पनि काम गर्दै आउनु भएको थियो ।
साँफेबगर नगरपालिका वडा ८ चण्डीकामा जन्मनु भएका दलित युवा नेता टक्कर ताम्राकार लामो समय सम्म विभिन्न संघ सस्थामा रहेर काम गर्दै आउनु भएको थियो ।

अछामका दलित, गरिब तथा विपन्न समुदायको घरदैलोमा पुगेर उनीहरुको आयआर्जन तथा जीविकोपार्जनमा लागि सधै सम्बन्धीत निकायमा पहल गर्दै आउनु भएका नेता ताम्राकार यतीबेला नेपाली काँग्रेसको १४ औ महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ ।
नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।