सुरत सुनार ,अछाम । नेपाली काँग्रेसका दलित युवा नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा ताम्राकारले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हनु् ।
आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र दलित समुदायको समेत सहि नेतृत्व गर्ने उद्देश्यका साथ दलित नेता ताम्राकारले यती बेलामा पनि आफ्नो केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, आफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन मेरो उम्मेदवारी रहेको छ ।
स्थानीय प्रदेश संघको आगामी आउने निर्वाचनमा विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस युवा नेता ताम्राकारले बताउनुभयो ।
नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
२०४६ सालमा नेविसँघ इकाइ सभापती रहेका नेता ताम्राकारले २०५३ सालमा किसान सँघको सचिव पदमा निकै राम्रो काम गरेका थिए ।
अछामका दलित समुदायको हक हितका लागि आफ्नो जीवनमा सम्र्पण गर्दै आउनु भएका ताम्राकार २०५६ सालमा दलित संघ अछामको अध्यक्ष हुनु भएको थियो ।
देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकार अछामको कारागार बसेर निकै यातना भोग्नु भएको थियो ।
२०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य रहुन भएको थियो ।
नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ ।
नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।