काँग्रेस युवा नेता लालबहादुर कुँवर( नेत्र )को नगर सभापतिमा उम्मेदवारी


पैरवी खबर

 
अछाम :नेपाली काँग्रेसका युवा नेता लालबहादुर कुँवर (नेत्र )ले साँफेबगर नगर सभापतिकाे उमेदवारमा घोषणा गर्नुभएको छ । भदौ २७ गते हुने नगर  अधिवेशनमा आफू सभापतिको लागि उम्मेद्धारी दिने तयारी  रहेकाे युवा नेता लालबहादुर कुँवरले बताए । 
उहाँले भन्नुभयाे, अाफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काङ्ग्रेस लाई बलियो बनाउन कटिबद्ध छु ।
स्थानीय प्रदेश संघकाे अागामी अाउने निर्वाचनमा विजयी गर्न गराउन साँफेबगर नगर कार्य समितिले गर्ने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको कुँवरले बताए ।

नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीको लागि नेपाली काँग्रेस जुटेको छ ।

नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।