डोटी : समता मिडिया सेन्टरको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन गत शनिबार सम्पन्न भएको छ ।
मिनि खप्तडको रुपमा चिनिएको डोटीको पर्यटकिय क्षेत्र पूर्वीचौकी गाउँपालिका वडा नं.२ बगलेकमा सम्पन्न अधिबेशनबाट तीन बर्षे कार्यकालका लागि मिलन परियारको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
समितिको महा-सचिवमा बालकुमारी सुनार कैलाली,सचिव पुष्कर बादी कंचनपुर,कोषाध्यक्ष सम्झना लोप्चन कंचनपुर,सदस्यहरुमा राज चौधरी कैलाली,रमेश परियार अछाम,बिमल कुमार दर्जी कैलाली,शेर बहादुर भुल डोटी, सृजना परियार डोटी निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं,कैलाली,कंचनपुर,डडेल्धुरा,अछाम र डोटी जिल्लाबाट सहभागिता रहेको अधिबेशनको उद्धघाटन समारोहमा “कोरोनाले दलित तथा विपन्न समुदायमा पारेको प्रभाव र नागरिक समाजको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा वडा नं.-२ का वडा अध्यक्ष योगेन्द्र बहादुर ठकुल्ला,वडा नं.-३ का वडा अध्यक्ष अमर बहादुर चयडा,खप्तड क्षेत्र मध्यवर्ती विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्याय,अधिबक्ता शंकरदीप मडै,सायल नेपालका अध्यक्ष भक्तराज जोशी,नेकपा माओबादी केन्द्रका नेता ललित परियार,नेपाली कांग्रेसका नेता महेन्द्र केसी,शिक्षक बाबु प्रविण सोव स्थानीय दलित समुदायका अगुवाहरुले आफ्नो धारणा राखेका थिए ।
दिपायल सिलगढी नगरपालिका,पूर्वीचौकी गाउँपालिका-२ नं.वडा कार्यालय,Bhakta BB Helping Hands For Humanity,सम विकास केन्द्र नेपाल डोटी,दलित महिला संघ डोटी शाखा,सिसा नेपाल दाङको आर्थिक सहयोगमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण हिमालय टेलरले गरेका थिए ।
त्यसैगरी उद्धघाटन समारोह समापन लगत्तै गरिएको बन्द सत्र समारोहमा संस्थाको सांगठनिक प्रगती प्रतिबेदन तथा भावी निति तथा कार्यक्रम सेन्टरका महासचिव भिम बहादुर घिमिरे र आर्थिक प्रतिबेदन कोषाध्यक्ष रुक्मणी परियारले प्रस्तुती गरेका थिए ।
दुबै प्रतिबेदन सर्बसहमतीले पारित गरिएको सेन्टरले जानकारी गराएको छ । नयाँ कार्य समिति चयनका लागि अधिबक्ता शंकरदीप मडैको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिको आबश्यक प्रक्रिया अनुसार कार्यसमिति निर्विरोध निर्वाचित भएको सेन्टरका कार्यकारी अध्यक्ष परियारले बताए ।
अधिबेशनको अबसरमा “समता भोज” को पनि आयोजना गरिएको थियो । जातीय विभेद तथा छुवाछुतलाई व्यवहारिक रुपमा अन्त्य गर्नका लागि स्थानीय दलित समुदायका महिलाहरुले सामूहिक रुपमा पकाएको स्थानीय परिकार माडा,निगुरो,च्याउ,लोकल कुखुराको मासु सामूहिक रुपमा भोजना गरिएको थियो ।
सामूहिक भोजनाले जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि नयाँ सन्देश दिएको नव निर्वाचित अध्यक्ष परियारले बताए ।