शसस्त्र प्रहरी बलका आइजिपी उठौतिमा लाग्दा नातैनाता


पैरवी खबर

शसस्त्र प्रहरी बलका आइजिपी उठौतिमा लाग्दा नातैनाता

श–सस्त्र प्रहरी वलको आइ.जि.पी. शैलेन्द्र खनाल कुनै समय लोकमान सिंह कार्कीको ज्वाइँ प्रवल थापाको छिमेकीको नाता जोडी लोकमानको छोरीसँग भाइटिका लगाई उनको प्रिय पात्र वनेका थिए । विजय कुमार गच्छदारको सालोसँग नाता जोडी गच्छदारको श्रीमतीसँग भाइटिका लगाएका थिए । जनयुद्धको मर्म भावना नवुझेका प्रचण्ड ज्वाइँ जिवन्तसँग नाता जोडी गंगा दाहालसँग भाइटिका लगाई प्रचण्डसँग नजिक भई एक्लो एआजि बन्ने सफलतापछि आइ.जी.पी. भएका थिए ।
प्रचण्डसँग नजिक भएको देखेपछि के.पी. वलीले जागिरबाट हटाइदिने भएपछि ईलामका बुद्धि खनाल मार्फत सुवास नेम्वाङ्गसँग रोई कराई गरी अबको कमाई वालकोट बुझाउँछु भनि सम्झौता गरी जागिर जोगाएका थिए ।
हाल गृहमन्त्री वालकृष्ण खाँडको गाउँले हो भनि श–सस्त्र प्रहरी वलमा इन्स्पेक्टरभन्दा माथिको सरुवाको लिष्ट बोकी आतंक मच्चाउँदै छन् । पहिला के.पी. वली सरकार जाँदैछ भनेर प्रदेश नं.१ जाने डि.आई.जी. देखि वि.ओ.पी.मा जानेहरुसँग एडभान्स मोटो रकम लिईसकेको र तेतिखेरका प्रधानमन्त्रिका स्वकिय सचिव राजेश बज्राचार्यलाई करोडौं रुपैंया बुझाई सकेको हुनाले पूर्व गृहसचिव महेश्वर न्यौपाने र राजेश बज्राचार्यसँग वसी सरुवा बढुवामा बनाएको लिष्ट नै हाल गृहमन्त्रीको श्रीमती मञ्जु खाँड र प्रधानमन्त्री देउवाको स्वकिय सचिव भानु देउवासँग सम्बन्ध गाँसी सोहि के.पी. वलीको पालामा बनेको लिष्ट पास गराउदै छन् । अहिलेको सरकार समिकरणबाट नयाँ लिष्ट नबनी पुरानो लिस्ट नै मन्ने हो भने ए.माओवादी, नेपली काँग्रेस, समाजवादी र नेकपा समाजवादी पार्टी पंक्तिबाट पनि व्यापक विरोध सुरु हुन्छ । यो कसैको बाउ बाजेको नामबाट पाएको पद होइन, सरकार परिवर्तन गरेर लडेर भिडेर ल्याएको सरकार हो । समीकरणको सरकार भएकाले गृहमन्त्रीको श्रीमतीसँग भाइटिका लगाउने र आफ्नो लिष्ट जसरी नि पास गर्न शैलेन्द्र खनाल लागि परेका छन् । ३–४ वर्षसम्म श–सस्त्र प्रहरी वलमा प्रमुख भइरहँदा अरु पार्टीसँग नजिक छ भनि अन्यायमा पारेकाले न्याय पाउनु पर्छ नि पर्दैन ? प्रधानमन्त्री का स्वाकिय सचिब ,गृहमन्त्री को श्रीमति, गृहसचिव तपाईंहरुले बरु खनालले कति जना सँग भाइटिका लगाए । ४ बर्षमा खनालले खर्च ३० करोड जति गरे होला, कमाई कति गरे होला ?४ वर्ष प्रमुख बन्दा कति कमाइ भयो? त्यसको ब्रिफिङ्ग लिंदा राम्रो प्रधानमन्त्रीलाई डुबाउने काम नगर्नु होस् ।