अछाम :नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) १४ औ जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । १४ औ जिल्ला सम्मेलनले लालबहादुर साउदको अध्यक्षतामा ७५ सदस्सीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पंकज साउद, हृदय तिमिल्सिना, पुजा वुढा, कमल थापा, सचिवमा चन्द्र भण्डारी, सहसचिव राकेश साउद, धनविर नेपाली, रविन्द्र साउद, जगत शर्मा र कोषाध्यक्षमा सरस्वति केसी चयन भएको अखिल (क्रान्तिकारी) का जिल्ला ईन्चार्ज वैजन्ति कुँवरले जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक धु्रर्व रावलको अध्यक्षतामा भएको भएको जिल्ला सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिपेश पुन रहनुभएको थियो । जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा वोल्दै उपाध्यक्ष पूनने आजको नयाँ आवश्यकता अनुसार विद्यार्थी आन्दोलनलाई पुनःपरिभाषित र पुनर्संगठित गनु पर्नेमा जोड दिनुभएको छ । उहाँले विद्यार्थी राजनीति भनेकै शैक्षिक कुरामा केन्द्रित हुने भएकाले शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध एकजूट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै सम्मेलनका विशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, एवंम् अछाम ईन्चार्ज शरद सिंह भण्डारीले अखिल क्रान्तिकारीले सबैखाले समस्या र संकटहरुमा निर्भिक जनस्वयमसेवकको रुपमा भूमिका निभाह गर्नको लागि सुझाव दिनुभएको छ । उहाँले विद्यार्थी संगठनले जनताको अधिकार, जनजिबिका र राष्ट्रियताको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । अखिल (क्रान्तिकारी)को १४ औं सम्मेलनमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य, एवंम् रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भाष्कर, पूर्व सांसद जानकी रावल, सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य, एवंम् रामरोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावल, जिल्ला कार्यालय सदस्य लोकबहादुर वोहरा अविरल, अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव मदन भूल, केन्द्रिय सदस्य गम्भिर साउद, भीम भट्ट, दिपक डिसी पार्वति नेगी, पार्टीका जिल्ला कमिटी सचिवायल सदस्य पहल साउद, पार्टीको जिल्ला कमिटी सदस्य रामबहादुर विक लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।