अनेरास्ववियु क्रान्तिकारीको प्रथम सम्मेलन मेल्लेखमा सम्पन्न


पैरवी खबर

अछाम – मेल्लेख गाउँपालिकामा अनेरास्ववियु क्रान्तिकारीको प्रथम सम्मेलन आज बुधबार सम्पन्न भएको छ । बिद्यार्थी नेता भिम महरको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य वीर बहादुर साउद प्रमुख अथिति रहनु भएको थियो ।

जिल्ला सचिवालय सदस्य साउदले परिबर्तनका बाहक बिद्यार्थी संगठन भएकोले क्रान्तिकारी संगठनको फरक पहिचान रहेको बताउनु भएको छ । उक्त कार्यक्रमा बिशिष्ट अथिति अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य गंभिर साउदले आगामि दिनमा सबै बिद्यार्थी संगठनको नेतृत्व अनेरास्ववियु क्रान्तिकारी संगठनले गर्ने दाबि गर्नु भएको छ ।

प्रथम सम्मेलनबाट जगत साउदको संयोजकत्वमा ३५ नयाँ सदस्यीय अनेरास्ववियु क्रान्तिकारी संगठनले, गठन समेत गरेको छ । जस्मा अध्यक्ष यज्ञराज उपाध्याय, उपाअध्यक्ष कबिता साउँद, सचिव भिम महर र सह–सचिव सेर बहादुर साउद रहेका छन । मनिराज साउदको स्वागत मन्तब्यबाट सुरु भएको सम्मेलनको संचालन बिद्यार्थी नेता जगत साउदले गर्नु भएको थियो ।