उठौं नेपाली अब जातभन्दा माथी !
विभेद्को खाडल पुर्न तयार होउ साथी !!
जातभन्दा माथी उठौं,मान्छे भएर सोचौं !
जात व्यवस्था मासी समानता खोजौं !!
तिम्रो मेरो जात जोख्ने छैन मानापाथी !!!
विभेद्को खाडल पुर्न तयार होउ साथी !!!!
०००००
जात व्यवस्था मास्ने कुरा गर्दा ढुंगा जस्तो सारो नवन्नु !
मुक्तिको लडाँई लड्दा विखण्डनकारी पनि नभन्नु !!
परिवर्तन आफैबाट सुरु गरौं भन्दा फेरी किन नानाभाती !!!
विभेद्को खाडल पुर्न तयार होउ साथी !!!!
०००००
मायामा न जात हेरिन्छ नत हेरिन्छ धर्म !
मान्छे सानो ठूलो हुने हो उसको कर्म !!
न्याय र समानताका लागि मशाल बोकौं राती !!!
विभेद्को खाडल पुर्न तयार होउ साथी !!!!
२०७८ भदौ १२ गते शनिबार प्रकाशित कविताका लेखक परियार समताखबरका प्रधान सम्पादक हुनुहुन्छ ।