काठमाडौं । गृह मन्त्रालयले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरू
काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव
दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा परि किम्ती ठगुन्ना बेपत्ता स्थानीयले बताएका छन् । पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लमा ठूलै क्षति गरेको छ । दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड
कञ्चनपुरः सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन्। महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो। विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। सुदूरपश्चिममा भएको
राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौंमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी
अछाम जिल्ला साँफेबगर नगरपालिका ०९ बुढाकोट बाँसकाटिया निवासी ३ देखि सम्पर्क बिहिन धिरज परियार कामको सीलशिलामा भारतको सूरत कतारगाम बाट हराएको हुदा देख्नुहुने जो कोहिले पनि यो नम्वरमा सम्पर्क गरी सम्बन्धित ठाउँ जानकारी गरिदिनका लागि हार्दिक अनुरोध गरिन्छ। contact no.9737673443, 9173529022
चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन
दलित नगर संजाल साँफेबगर अछामको दोस्रो साधारण सभा तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम तपसिलको मिति ,स्थान र समयमा गरिने भएकोले नगर स्थित दलित अधिकारकर्मी, बुद्धिजिवी , दाजुभाइ दिदिबहिनी , लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ । तपसिल मिति : २०७९ /०२/३१ गते स्थान : साफेबगर नगरपालिका ०४
लालबहादुर चदारा जेठ १३ मेल्लेख : नयाँ निर्वाचित जनप्रतिनिधि आइसकेपछि कार्यपालिकाकाे पहिलो बैठक मल्लेख गाउँपालिकामा सम्पन्न भएकाे छ । नव निर्वाचित मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षतामा भएकाे बैठकमा परिचयात्मक तथा नयाँ जनप्रतिनिधि बिच शुभकामना आदानप्रदान गरिएको छ । यस्तै मेल्लेख गाउँपालिकामा हाल सम्म बजेट खर्च तथा यस अघिकाे प्रगति
धनराज साउद -अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।