साँफेबगरमा यही असोज १४ र १५ गते निःशुल्क आँखा शिविर सञ्चालन हुने


पैरवी खबर

अछाम । नेपाल नेत्र ज्योति संघ , गेटा आँखा अस्पतालको आयोजनामा अछामको साँफेबगरमा दुई दिने आँखा शिविर सञ्चालन हुने भएको छ। आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार शिविर साँफेबगर ४ स्थित जनकल्याण माध्यमिक विद्यालय, अछाममा २०८३ यही असोज १४ र १५ गते सञ्चालन हुनेछ। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
स्थानीय आयोजकका रुपमा गेटा आँखा अस्पताल साँफेबगर अछाम रहेको छ ।

शिविरमा आँखासम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी उपचार सेवाको लाभ लिन आयोजकले अनुरोध गरेको छ।
शिविरमा नाम दर्ता शुल्क २० रुपैयाँ लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले खाने, बस्ने तथा औषधोपचारको व्यवस्था आफैँ गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। साथै, शल्यक्रिया गरिने बिरामीसँग एक जना अभिभावक अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ।