रेडक्रस द्वारा साँफेबगर नगरपालिकालाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


पैरवी खबर

साँफेबगर — साँफेबगर नगरपालिकामा स्थापना गरिएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) का लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी अछामको समन्वयमा सञ्चालित सुरक्षित नेपाल परियोजना अन्तर्गत नगरपालिकालाई डेस्कटप कम्प्युटर, प्रिन्टर, डिजिटल स्मार्ट बोर्ड, कर्डलेस फोन, स्लिपिङ ब्याग र फायर इन्ट्री सुट लगायतका सामग्री हस्तान्तरण गरिएको हो।

विपद् पूर्वतयारी, सूचना व्यवस्थापन तथा आपतकालीन अवस्थामा प्रभावकारी समन्वय र प्रतिकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको छ।
सामग्री हस्तान्तरणपछि रेडक्रसलाई धन्यवाद दिदै नगरपालिकाले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन तथा विपद् व्यवस्थापन कार्यमा सामग्रीको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।