स्थानीय स्रोतको उपयोग र सहभागितामार्फत पूर्ण खोप सुनिश्चिततामा जोड


पैरवी खबर

अछाम — “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित साँफेबगर नगरपालिकामा पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पोषण सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य निर्देशक लक्ष्मणनाथ योगीले प्रस्तुतकर्ता तथा प्रशिक्षकको भूमिकामा रहँदै कार्यक्रमको उद्देश्य, पूर्ण खोप सुनिश्चितताको आवश्यकता तथा पोषण सम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख शिव कुँवरले गर्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखाका नरेश रावतले गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय तहको सक्रिय सहभागिता, जनचेतना अभिवृद्धि तथा स्थानीय स्रोतको प्रभावकारी परिचालनमार्फत पूर्ण खोप तथा पोषण कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।