प्रदेश प्रमुखहरूको उपस्थिति र सतलोक आश्रम धनुषाको सहयोगमा जनकपुरमा न्यायिक महोत्सव २०८३ भव्यताका साथ सम्पन्न


पैरवी खबर

२०८३ वैशाख २६ गते शनिबार
कानुन दिवसको अवसरमा उच्च अदालत जनकपुरको आयोजना तथा अस्थायी इजलास राजविराज र वीरगन्ज तथा नेपाल बार एसोसिएसन जनकपुरको सह आयोजनामा न्यायिक महोत्सव २०८३ भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा न्याय प्राप्ति सम्बन्धी नागरिकमा जनचेतना फैलाउने र प्रेरणा जगाउने उद्देश्यले बिहान उच्च अदालत जनकपुर देखि जनक चौक, जानकी मन्दिर भानु चौक,कदम चौक हुँदै महेन्द्र नारायण निधि संस्कृति केन्द्रसम्म र्याली पनि निकालिएको थियो। यस कार्यक्रममा मधेश प्रदेशको सबै उच्च अदालत र आठ वटै जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ताहरु, निजामती कर्मचारीहरु, नेपाल बार एसोसिएसनका सदस्य तथा पदाधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना लगायतका सबै सुरक्षा निकायका प्रदेश स्तरका विशिष्ट अधिकारी तथा कर्मचारीहरु, कानुन विषयमा अध्ययनरत विद्यार्थीहरू, गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु तथा उच्च अधिकारीहरुको सहभागीता थियो। यसका साथै मधेस प्रदेश प्रमुख सुरेन्द्र लाल कर्ण ज्यु, मधेशको मुख्यमन्त्री माननीय कृष्ण प्रसाद यादव ज्यू,शिक्षा मन्त्री माननीय रानी शर्मा , सभामुख माननीय रामअशिष यादव ज्यु, आदि विशिष्ट व्यक्तित्वहरु प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो।

नेपाली नागरिकको मनमा भएको अदालती प्रक्रिया सम्बन्धी कानुनी जटिलताको भ्रमलाई समाप्त पार्ने र अदालतमा निष्पक्ष न्याय हुने व्यवस्था रहेको विश्वसनीयता दिलाउने, नागरिकका न्यायिक समस्याहरुलाई खुला अन्तरक्रियाको माध्यमबाट संकलन गरी समाधानका कदमहरू चाल्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। न्याय संग सम्बन्धित सबै निकायहरूको संयुक्त रुपमा यस्तो कार्यक्रम नेपालमा न्यायपालिका द्वारा पहिलो पटक आयोजना गरिएको र ऐतिहासिक भएको कुरा आयोजक तथा सबै सहभागीहरूले बताएका छन्।यस भव्य कार्यक्रममा करिब तीन हजार जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा सबैका लागि टेन्ट, चिया,कफी,बिस्कुट,खाजा तथा भोजनको व्यवस्था आयोजकको अनुरोधमा सन्त रामपालजी महाराजको सतलोक आश्रम धनुषाको तर्फबाट गरिएको थियो। शुद्ध शाकाहारी भोजनमा पुलाउ,पुरी,रोटी,पनिर र पर्वलको तरकारी, सलाद,अचार,पापड,मिठाई आदिको व्यवस्था गरी आश्रमको करिब ५०० स्वयंसेवकहरुले नि:स्वार्थ सेवा भाव दर्शाउँदै भोजन खुवाउने र सरसफाइ राख्नेव्यस्था गरेका थिए। उक्त टेन्टमा सन्त रामपालजी महाराजको समाज सेवामा गरिएको कार्यहरु तथा उद्देश्यहरु पनि लेखिएको थियो । कार्यक्रममा सहभागी सबैले तथा आयोजक रहनुभएको उच्च अदालतका मुख्य न्यायाधीश माननीय टेक नारायण कुँवरज्यूले हृदयदेखि नै सन्तजी र उहाँका अनुयायीहरूको अनुशासन,मानवता,परोपकार र सेवा भावको प्रशंशा गर्नुभयो । यस्ता कार्यक्रमले समाजलाई न्याय र समानताको क्षेत्रमा एउटा नयाँ दिशा दिने सबैको अपेक्षा रहेको छ। सन्त रामपालजी महाराजको ज्ञान र अनुशासन यदि सबैले अनुशरण गरे समाजको कायापलट हुने विश्वास महोत्तरी जिल्ला अदालत, जलेश्वरका न्यायाधीश माननीय रमाकान्त यादवजीले बताउनुभयो ।