साँफेबगर । साँफेबगर अछामको साँफेबगर नगरपालिकाले नगर प्रहरी भर्नाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। यसअन्तर्गत नगर प्रहरी प्रमुख पदमा श्री धिरेन्द्र शाह चयन भएका छन्।
त्यस्तै, नगर प्रहरी जवान पदका लागि ९ जना उम्मेदवार सफल भएका छन् भने केही उम्मेदवारहरू वैकल्पिक सूचीमा राखिएका छन्।
नगरपालिकाका अनुसार सफल उम्मेदवारहरूले नतिजा प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।


