तुर्माखाँद गाउँपालिकाले आईतबार पनि विद्यालयको पठनलाई निरन्तरता दिने


पैरवी खबर

टेकबहादुर थापा
अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले आईतबार पनि विद्यालयको पठन पाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । तुर्माखाँद गाउँ कार्यपालिकाको बैशाख ८ गते बसेको बैठकले भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउदै हाल सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनी तुर्माखाँद गाउँपालिकाले भने उक्त निर्णय नमान्ने जानकारी गराएको छ ।
सरकारले अहिले दिएको विदाले पाठ्यक्रमले तोकेको पाठ्यभार पुरागर्न कठिन हुने भएकाले शैक्षिक सत्र २०८३ को विद्यार्थि भर्ना अभियान तथा पठन पाठनलाई आईतबार समेत नियमित गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो साथै बैठकले बैशाख १५ गते बाट नै पठन पाठन सुरु गर्न मातहतका सबै सामुदायिक विद्यालयहरुलाई पात्राचार गरिसकेको छ भने यस भन्दा अघिको साविककै समय बिहान १० बजे बाट मात्रै विद्यालय संचालन गर्ने निर्णय गरेको अध्यक्ष बिसीको भनाई छ ।
नेपाल सरकारको २०८२ साल चैत्र २२ गते बसेको मन्त्री परिषदको बैठकले २०८३ साल बैशाख १५ गते बाट विद्यार्थि भर्ना अभियान सुरु गर्न र बैशाख २१ गते बाट मात्रै नियमित पठन पाठन सुरु गर्न निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय अधिकांश स्थानीय पालिका तथा शैक्षिक संस्थाहरुले मानेका छैनन ।