अछाम — मंगलसेन नगरपालिका ले खोजमूलक लेख, रचना तथा अनुसन्धानका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत पत्रकार तथा सञ्चारकर्मीलाई लक्षित गर्दै आवेदन माग गरिएको हो।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, विकास निर्माण, डिजिटल सेवा, लैङ्गिक समानता, गरिबी निवारण लगायतका विभिन्न विषयमा लेख तथा सामग्री पेश गर्न आग्रह गरेको छ।
इच्छुक आवेदकले तोकिएका कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ। छनोट भएका सामग्री प्रकाशन तथा प्रसारणका लागि प्रयोग गरिने जनाइएको छ।


