स्वर्गीय आमाको सम्झनामा शैक्षिक सामग्री वितरण, विद्यालयलाई डस्टबिन सहयोग


पैरवी खबर

अछाम । साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानस्थित हंसवाहिनी माध्यमिक विद्यालय मा १५ जना जेहेन्दार तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सामाजिक अभियन्ता शंकर विष्टले आफ्नी स्वर्गीय आमाको सम्झनामा षष्ठमासिक पुण्यतिथिको अवसर पारेर विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई डस्टबिन समेत सहयोग गर्नुभएको हो ।
कार्यक्रममा वडा अध्यक्ष राम बहादुर बोहरा, पूर्व वडा अध्यक्ष गणेश खड्का तथा विद्यालयका पूर्व विद्यार्थी रेबन्त विष्ट लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक कुलराज जोशीले सामाजिक अभियन्ता शंकर विष्टले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा सकारात्मक कार्यले विद्यार्थीमा थप उत्साह र प्रेरणा मिल्ने बताउनुभयो ।
उहाँले विद्यालय तथा विपन्न विद्यार्थीको हितमा गरिएको सहयोग उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्य निरन्तर भइरहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।