अछामका महिला अधिकारकर्मीको ज्ञापनपत्र: इनिशा विकका हत्यारालाई कडा कार्वाहीको माग


पैरवी खबर

अछाम- सुर्खेतकी १६ वर्षीय किशोरी इनिशा विक लगायत देशका विभिन्न ठाउँमा किशोरी तथा महिलाहरु माथी भएका जघन्य अपराधका घटनाका दोसीलाई कार्वाहीको मागगर्दै अछामका महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन । अहिलेको समयमा पनि महिला तथा किशोरी माथि जघन्य किसिमका आपराधिक कृयाकलाप हुनेक्रम नरोकीएको भन्दै जिल्लाका अधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका हुन । हालै सुर्खेतकी इनिशा, सिराहाकी २२ वर्षिय खुश्वु यादवको घट्नाले सिंगो देश नै स्तब्ध भएको भन्दै अधिकारकर्मीहरुले यी घट्नामा संगलग्न अपराधीहरुलाई कानुनको दायरामा ल्याई हदै सम्मको सजायको माग गरेका छन ।
ज्ञापनपत्रमा यी आपराधिक घट्नामा जोडीएको व्यक्तिलाई कार्वाहीको दायारामा नल्याए देशभरका आधिकारर्मीहरु आन्दोलनमा उत्रीने चेतावनी समेत दिएका छन । पटक–पटक घट्ने यस्ता घट्नाले सिंगो समुदाय नै त्रसित बनेकाले सरोकारवाला गम्भीर हुनुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ । अनेम संघ (क्रान्तीकारी), अनेम संघ, अनेम संघ क्रान्तीकारी, नेपाल महिला संघ, महिला मानव अधिकार रक्षक संजालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझ्दै अछामका सहायक प्रमुखजिल्ला अधिकारी दिपेन्द्र सिंह बिष्टले जिल्लाका महिला अधिकारकर्मीहरुले बुझाएको ज्ञापनपत्र आजै प्रधामन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनु भएको थियो । पछिल्लो समयमा सुमदायमा यस्ता आपराधिक घट्नाहरु दिन प्रतिदिन बढी रहेकाले हरेक घरमा छोरीलाई मात्र होइन छोरालाई पनि संस्कार सिकाउन जरुरी रहेको बताउनुभयो । यस्ता सवालमा सबै सरोकारवालाहरु एकताबद्ध हुनुपर्ने उहाको भनाई छ । राज्य पनि यस्ता घट्ना न्युनीकरणकालागि आफ्नो क्षेत्रबाट लागी रहेको भन्दै उहाले हरेक क्षेत्रबाट सकारात्मक सहयोग भएको खण्डमा यस्ता घट्नाहरु न्युनिकरणहुदै जाने बताउनुभयो ।