रमेश पुरुष
हालै सुर्खेतमा एउटा विद्यार्थी इनिसा विक बहिनीको विभत्स हत्या भएको घटनाले समाज स्तब्ध बनेको छ। तर यस्तो संवेदनशील घटनामा शिक्षक संगठनहरूको मौनता धेरैलाई आश्चर्यजनक लागेको छ। सामान्य अवस्थामा सानो विषयमा पनि प्रेस विज्ञप्ति निकाल्ने र आन्दोलन गर्ने शिक्षक संगठनहरू अहिले भने किन चुप बसेका छन् भन्ने प्रश्न गर्न चाहन्छु ।
सन्दर्भ:पोखराको पृथ्वी नारायण क्याम्पस पोखरामा अमिन परियार माथि सोहि क्याम्पसका प्राध्यापकले गरेको विभेदको विरुद्धमा एकदुई बर्ष पहिले सामाजिक अभियानताको रुपमा रहदा खगेन्द्र सुनारले बोलेको भिडियो हो यो । आज कुराको सन्दर्भ नबुझी पुरा भिडियो नहेरी बिचमा काटेर बिरोध गर्ने अनावश्यक टिका टिप्पणी गरी भिडियो भाइरल बनाइरहेका छन । विद्यालयमा विद्यार्थी परियार माथि विभेद गर्ने शिक्षक विरुद्ध उनले भिडियोमा बोलेको हुन ।
कतिपयले उनको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै आलोचना गरिरहेका छन्। तर अर्को पक्षले भने उनले किन त्यस्तो बोलेका थिए भन्ने वास्तविक कारण र सन्दर्भ पनि बुझ्न आवश्यक रहेको बताइरहेका छन्।
यदि एउटा विद्यार्थीमाथि यति भयावह घटना हुँदा पनि सम्बन्धित पक्षहरू मौन बस्छन् भने समाजमा प्रश्न उठ्नु स्वाभाविक हो। त्यसैले अहिले आवश्यक कुरा कसैले कसैलाई दोषारोपण गर्नु मात्र नभई, घटनाको वास्तविकता बुझ्नु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नु हो।
समाजले उत्तर खोजिरहेको छ—विद्यार्थीमाथि यति ठूलो घटना हुँदा शिक्षक संगठनहरू किन चुप छन् ? र खेगेन्द्र सुनारले सामाजिक अभियानता रहदा एकदुई बर्ष अगाडी बोलेका शब्दहरू के वास्तवमै त्यही पीडा र निराशाको प्रतिविम्ब त थिएनन्?
यो सरासर खगेन्द्र सुनार र दलित समुदायलाई कमजोर बनाउने उद्देश्यक हो शिक्षक संगठनको ।


