मंगलसेन -६ मा लगाईने एचपिभी खोप अभियानको सबै तयारी पुरा


पैरवी खबर

अछाम – मंगलसेन नगरपालिका वडा न ६ का स्थानीय सरोकारवालाले एचपिभी खोप अभियान सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । माघ २७ गते बाट संचालन हुने यो अभियानका बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको सरोकारवाला संगको अभिमुखीकरण कार्यक्रममा सहभागि वडाका सरोकारवालाहरुले देशका सबै ठाउमा संचालन हुने यो अभियान सफल पार्नु सबैको दायीत्व भएको भन्दै वडाका सबै किशोरीहरुलाई पाठेघरको मुखकको क्यान्सरबाट जोगाउने एपपिभी खोप लगाउन भुमिका खेल्ने उनीहरुको भनाई थियो । वडामा एक दुईजना विद्यालय बाहिर किशोरी रहेकाले उनीहरुको पहिचान भईसकेको र बाकी विद्यालयमा रहेका किशोरीहरुलाई खोप लगाउने तयारी भईरहेको भन्थान आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण जैशीले जानकारी दिनुभएको छ । जैशीका अनुसार सबै तयारी पुरा भईसकेको र माघ २७ गते बाट अभियान सुरु गरिने जानकारी दिनुभयो । वडा अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक देबेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा प्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा दमाई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्य समिति सदस्य सेतीराम भण्डारी, आधारभुत स्वास्थ्य केन्द्र ठुलासैनका प्रमुख अनिता भण्डारी, महिला स्वास्थ्य स्वयमसेवीका लगायत सरोकारवालाको सहभागिता रहेको भन्थान आधारभुत स्वास्थ्य केन्द्रका अहेब मीना भण्डारी रावलले जानकारी दिनुभएको छ ।