पालिका स्तरीय खुला महिला भलिबल प्रतियोगिताको उपाधी कमलबजार नगरपालिकालाई


पैरवी खबर

एकेन्द्र महता

साँफेबगर ।

१६ दिने महिला हिंसा विरुद्धको अवसर पारेर अछाम जिल्लाको साँफेबगरमा आयोजना गरिएको पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। सम विकास नेपालको आयोजनामा भएको पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले हात पारेको छ।

प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिका द्धितिय र मेल्लेख गाउँपालिकाले तृतिय स्थान ओगट्न सफल भएको छ। कुल १२ ओटा टीम सहभागि भएको प्रतयोगितामा जनशिखा क्याम्पस मेल्लेख चौथो भएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कमलबजार नगरपालिकाले १ लाख ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय भएको पञ्चदेवल विनायक नगरपालिकाले ८० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ।

यस्तै तृतीय भएको मेल्लेख गाउँपाकिलाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ। यस्तै सान्त्वना भएको जनशिखा क्याम्पस मेल्लेखले २० हजार नगद सहित प्रमाण–पत्र हात पारेको छ।

सम विकास नेपालका अध्यक्ष सत्य स्वारको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो। प्रमुख अतिथि शाहले महिला खेलकुद प्रतियोगिताले सशक्तिकरणमा मद्धत पुग्ने जिकिर गर्नु भएको छ।

उहाँले यस्ता प्रतियोगिताको आयोजना अन्य पालिका र विद्यालयबाट पनि सुरुवात गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको छ। समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले यो प्रतियोगिताले महिलाको प्रतिभा खोजिको लागि मद्धत पुगेको बताउनु भयो। यसले महिलाको शारिरीक मानसिक विकाससंगै क्षमता विकासको लागि समेत सहयोग पुग्ने बताउन ुभयो।

यस्तै भलिबल प्रतियोगिता समापन कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरले महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउन आफु र आफ्नो पालिका लागि परेको बताउनु भएको छ।

उहाँले महिला खेलाडीहरुको अभाव भई रहेको अवस्थामा महिला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नु भयो।

भलिबल प्रतियोगिता समापन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।