भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको टोलीले गर्यो बिरामी भेडाको उपचार


पैरवी खबर

अछामको साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लाको ठाडागडमा विरामी परेका भेडाको उपचार गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अछामले बाब्लाको ठाडागडामा चरीचरनका लागि ल्याईएका बाजुराका किसानका बिरामी भेडाको उपचार गरेको हो । १ हप्ता अगाडि देखि भेडामा देखिएको ईन्ट्रो टोक्सोमिया रोगको कारणले भेडाहरू धमाधम मर्न थालेपछि विज्ञ केन्द्र अछामका प्रमुख वाल्मीकि प्रसाद जोशीको नेतृत्वमा गएको पशु चिकित्सक सहितको टोलीले ४० भन्दा बढी बिरामी भेडाको उपचार गरेको कार्यालयले जनाएको छ । बिरामी भेडाहरूलाई
मेलेक्सिक्यान ईन्जेक्सन, एम्पीसिलिन ईन्जेक्सन, क्रामाईन ईन्जेक्सन , एट्रोपेन्सलफेट सुई दिएको  कार्यालय प्रमुख जोशीको भनाइ छ । दुख गरेर पालेका भेडाहरू एकाएक मर्न थालेपछि चिन्तित भएका किसानहरू बिरामी भेडाहरूको उपचार भएपछि खुसी भएका छन । सधैं हिमाली  भेगमा चर्ने भेडाहरूमा चरीचरनमा आएको फरकपनले भेडाहरू बिरामी भएको र औषधी दिएपछि अब भेडाको स्वास्थ्यमा सुधार हुदै जाने पशु चिकित्सक डाक्टर दिपक आचार्यको भनाइ छ । भेडापालक किसान मनशेर बुढाले सबै ठाउँमा हार गुहार गरियो कतैबाट पनि सुनुवाइ नभएपछि अछामको भेटेरनरी अस्पतालले आफुहरूको पिडामा मलहम लगाउने काम गरेको भन्दै धन्यवाद दिनुभएको छ । किसान बुढाले भन्नुभयो ठुलो दुख कष्ट गरेर पालेका भेडाहरू हुन यहीँ ब्यवसाय बाट बालबच्चा पालीरहेका छौ, भेडा यसरी रोगका कारणले मर्न थालेपछि आफ्नो निन भोक हराएको बुढाले दुखेसो गर्नुभयो ।  भेडा पालक किसानलाई सुझाव दिदै
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख वाल्मीकि प्रसाद जोशीले
ईन्ट्रो टोक्सोमिया रोगका कारणले भेडा पालक किसानलाई ठूलो क्षति भएको भन्दै किसानले पनि अग्रसर भएर समन्वय र सहकार्यको काम गर्नुपर्ने बताउनुभयो । आफ्नो कार्यालयमा जनशक्तिको अभाव भएकाले किसानले चाहे जस्तो सेवा दिन कठिनाइ भईरहेको भन्दै यस्तो समस्य भएको ठाउँमा आफै पनि खट्ने गरेको बताउनुभयो । जिल्लामा अहिले पनि केही ठाउँमा पशुहरूमा रेबीज राेग देखा परेकाले यसको रोकथामका लागि पनि कार्यालय लागि परेको जानकारी गराउनुभएको पशु प्राविधिक करन महताले जानकारी दिनुभएको छ ।