कैलालीमा साँनपा १२ खप्तडले आयोजना गरेको शिविरबाट ५७ जनाले सेवा लिए


पैरवी खबर

‎साँफेबगर – अछामको साँफेबगर नगरपालिका १२ खप्तडले कैलालीको जिल्लाको अत्तरियामा शिविरबाट आफ्ना सेवा प्रदान गरिरहेको थियो । यही भाद्र ४ गतेदेखि ६ गते सम्म संचालन भएको शिविरमा ५७ जना सेवाग्राहीहरुले सेवा लिएका छन ।

‎वडा कार्यालय मार्फत प्रदान गरिने सेवाहरु जन्मदर्ता , मृत्युदर्ता , नाता प्रमाणित , सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लगायत सामाजिक सुरक्षा भत्ता परिचय  पत्र नविकरण तथा अन्य पञ्जिकरण सेवा प्रदान गरिएको थियो ।
‎पहाडबाट अस्थायी रुपमा तराइँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर वडाले शिविर संचालन गरेको थियो । शिविरबाट सेवा लिने सेवाग्राहीले खुशी हुँदै वडाका जनप्रतिनिधिहरु लाई  धन्यवाद समेत दिएका छन ।
‎आज भदौ ०९ गते जिल्ला प्रशासन कार्यालय अछाममा  वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीको टोलि  उपस्थित भैइ सामाजिक सुरक्षा परिचयपत्र नबिकरणका लागि नागरिकतामा स्पष्ट विवरण नदेखिने लाभग्राहिहरुको नागरिकताको  प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउनको लागि सेवा दिइने वडा अध्यक्ष जनक कडायतले जानकारी दिनुभयो ।