अछाममा जंगली जनावर बँदेलको आक्रमणबाट किशोरी घाईते


पैरवी खबर

अछाम – अछाममा जंगली जनावर बँदेलको आक्रमण बाट एक किशोरी घाइते भएकी छन ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान कि १८ वर्षिया सुस्मिता धामी घाइते भएकि हुन ।

घर नजिकै रहेको घुसुल्ले वनमा बाख्रा चराउने क्रममा बँदेलले आक्रमण गरी घाईते भएको प्रहरीले जनाएको छ । उनको बयालपाटामा अस्पतालमा उपचार भईरहेको छ ।
उनको टाउको, दाहिने खुट्टाको तिघ्रामा चोट र अवस्था मध्यम रहेको रहेको जनाइएको छ।