बढ्यो मृत्युदर : २४ घण्टामा ३७ जनाको निधन


पैरवी खबर

नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७ र ६ हजार ५३८ एण्टिजेन परीक्षण गर्दा ९३१ जनामा सङ्क्रमण पाइएको हो ।

अहिलेसम्म ७ लाख ७३ हजार ८६० जना सङ्क्रमित भइसकेकोमा ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

आजसहित ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९९४ पुगेको छ । यो कूल सङ्क्रमितको १ दशमलव ४१ प्रतिशत हो । अहिले पनि ३४ हजार ४२२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ३ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना स‌ंस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३१४ मध्ये गम्भीर अवस्थामा ७१३ जनालाई आइसियुमा र १५८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।