अछाम-नेपाली कम्युनिस्ट पार्टी अछाम जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. भीम रावलले आज एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिबद्धता तथा भावी कार्ययोजनाको रूपरेखा सार्वजनिक गर्नुभएको छ।
पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, लोकतन्त्र, विकास र जनहितलाई प्राथमिकतामा राख्दै जनताको पक्षमा इमानदार प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, निर्वाचन क्षेत्रका मुख्य समस्या पहिचान गरी दीर्घकालीन विकासका कार्यक्रम अघि बढाउने बताउनुभयो।
उहाँको भावी प्रतिबद्धता पत्रमा : देश जनताको हित र सुरक्षा , स्थायित्व सहित स्वच्छ राजनीति र संबैधानिक सुधार , आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण र राष्ट्रको समृद्धि , राष्ट्रको सर्वोपरि हितमा स्वतन्त्र परराष्ट नीति , कृषि ,शिक्षा , स्वास्थ्य सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सुधार र परिवर्तन गर्ने लगायतका बुँदाहरु उल्लेख छन ।
अछाम जिल्लाको विकासका लागि सडक , पिउने पानी , सिचाइ , विद्यालय र प्रशासनिक भवन , अस्पताल , बिद्धुत आयोजना , लगायतका विगतमा आरम्भ भएर पनि पूरा हुन नसकेका अधुरा आयोजना र कार्यक्रम पूरा गराउने , सेती लोकमार्गको काम सम्पन्न गराउने लगायतका थुप्रै बुँदाहरु प्रतिबद्धता पत्रमा उल्लिखित छन ।









