सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री एवंम् एमाले अछाम ईन्चार्ज झपट वोहराका पूर्व स्वकिय सचिव पंकज शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । शाहलाई आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले स्वागत गर्नुभएको छ ।
नेकपामा प्रवेश गरेका शाह नेकपा एमाले अछामका सचिवालय सदस्य एवंम् एमालेको निर्वाचन परिचालय कमिटी ‘ख’ प्रदेशका संयोजक समेत रहेका छन् । नेकपाको साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथमा आयोजित चुनावी कार्यक्रममा शाहलाई भव्य स्वागत गरिएको छ ।
नेकपामा प्रवेश पछि संक्षिप्त वोल्दै शाहले राष्ट्रिय संकटको घडीमा देश जोगाउन जिम्मेवार नेतृत्व आवश्यक भएकाले एमाले परित्याग गरी नेकपा (नेकपा) मा प्रवेश गरेको बताउनुभयो ।
उहाँले देश अहिले गम्भीर घेराबन्दी र संकटमा रहेको उल्लेख गर्दै राष्ट्रप्रेम, बौद्धिक क्षमता र स्पष्ट दृष्टिकोण भएका नेता डा. भीम बहादुर रावलको नेतृत्व आजको आवश्यकता भएको धारणा राख्नुभयोे । शाहले आफू जुनसुकै पार्टीमा रहे पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै गाउँ–टोलको विकास, र समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । दर्ना निवासी शाहले दर्नाको संगठनलाई नेकपामा समाहितको लागि पहल गर्ने बताउनुभयो । दर्ना नेकपा एमालेका केन्द्रिय सदस्य एवंम् अछाम ईन्चार्ज झपट वोहराको गृह वडा हो ।


