काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडेरेसन (NARF) को दोस्रो साधारणसभा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव श्री रामचरित्र मेहता ज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारणसभामा फेडेरेसनका गतिविधि, आगामी कार्ययोजना तथा एडभेन्चर रनिङ खेलको विकास र विस्तारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, प्रशिक्षक, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महासंघको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि ज्यूहरूप्रति फेडेरेसनले हार्दिक आभार प्रकट गरेको छ। साथै, यस अवसरमा उत्कृष्ट योगदान पुर्याउने प्रशिक्षक तथा खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमको समापन गर्दै नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले एडभेन्चर रनिङ खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न फेडेरेसन प्रतिबद्ध रहेको बताउनुभयो।


