निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता


पैरवी खबर

साँफेबगर ।
निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगर नगरपालिकामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नारा दिईएको दिवसका अवसरमा आयोजना भएको प्रतियोगितामा खेलमा जनप्रतिनिधी बिजयी भएका छन् ।

निजामती कर्मचारीको टिमलाई २-१ ले पराजित गर्दै जनप्रतिनिधीको टिम बिजयी भएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए । पहिलो सेट जनप्रतिनिधीले जित निकालेका थिए भने दोश्रो सेटमा कर्मचारीले जित निकाले पनि अन्तिम सेटमा फेरी जनप्रतिनिधीले जित हासिल गरे ।

जिल्ला प्रशासन कार्यालय अछामका भएको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले कर्मचारी सेवा दिवसको अवसरमा जिल्लामा बिभिन्न कार्याक्रम आयोजना गरी मनाउने निर्णय भए बमोजिम सो कार्यक्रम गरिएको अधिकृत शर्माले बताए ।

यस क्षेत्रमा सेवा दिवसको नेतृत्व गर्ने अवसर पाएको साँफेबगर नगरपालिकाका निजामती कर्मचारीहरुले बिहान बयालपाटा अस्पतालमा भर्ना भएका ४२ जना बिरामीलाई फलफुल बितरण गरेका थिए ।