सडक निर्माणको लापर्बाहीले स्थानीयलाई आवतजावतमा सास्ती


पैरवी खबर

सुरत सुनार
अछाम , साउँन ३१ गते ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयले दिनुहँ सास्ती खेप्दै आउनु परेको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ८ को हात्तिकोटको झण्डै ५ किलोमिटर सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयलाई दैनिक उपाभोगयका सामाग्री खरिद गर्न निकै सास्ती खेप्नु परेको हो ।

मेल्लेख गाउँपालिका वडा नं ८ हात्तिकोटका स्थानीय प्रकाश ठकुल्लाले , २०६७ र ७७ सालमा गाउँपालिकाको झण्डै १२ लाख रकमबाट राम्रो सँग सडक बनाएको थियो, अहिले सङघीय सरकारबाट फेरी त्यो सडकको स्तरोन्नतीमा लापर्बाही भएपछि गाउँमा पुगेका सवारी साधन बीचैमा रोकिने गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, पहिला सडक राम्रो हुँदा सवारी साधान गाउँ सम्मै आउथ्ये पसलको समान लिन पनि निकै सहज हुनथ्यो अहिले बाटो बिग्रीएपछि भरियाद्धार सामान ल्याउनु परेको छ । जसका कारण उपभोक्ताले पनि चर्को मुल्यमा सामान खरिद गर्न बाध्य भएका छन् ।

गाउँमा आउने गरेका विकास निर्माणका कार्यले जनतालाई सहज हुनुभन्दा उल्टै दुख दिने काम भएको छ, । विकासका नाममा आएको रकम समाज चलाउने अगुवाबाट नै दुरुपयोग हुन थालेपछि स्थानीयले पनि दुख पाउँन थालेको व्यापारी ठकुल्लाले बताउनुभयो ।

सडक निर्माण भएको विभिन्न ठाउँमा लामो समय देखि दायाँ बाँया ठाउँमा खाल्टाखुल्टी , परेर पुरै सडक खोलामा परिणत भएपछि अहिले यातायातका सवारी साधन सञ्चालनमा आउन निकै समस्या भएको पंकज साउँदले बताउनुभयो ।

साउँदले भन्नुभयो, मैले सडक निर्माण कार्यमा लापर्बाही भयो सडक राम्रो सँग निर्माण हुनु पर्ने भन्दा प्रतिराज बुढाले मलाई फेसबुकमा तँ कता छस तेरो खोजीमा छु, अब तँ गइस भने धम्की दिएको बताउनुभयो । सरकारले जनताको सहजताका लागि प्रत्येक वर्षमा ठुलो रकम विनियोजन गर्छ , तर समाज चलाउने अगुवाबाट नै रकम दुरुपयोग हुँदा स्थानीयले सधै यसरी सास्ती खेप्दै आउनु परेको साउँदले बताउनुभयो ।

पटक–पटक सम्बन्धित् सडक विभाग , ठेकेदार जानकारी गराउँदा समेत व्यवास्था गरेपछि हात्तीकोट स्थानीयले सडक खण्डका मर्मत तथा खाडलहरु पुरेर विरोध जनाएका छन् ।
अप्ठ्यारो ठाउँमा केही नगरी जहाँ सजिलो छ त्यसै ठाउँमा मात्र ग्रावेल गरेको छ , अहिले त्यो ठाउँमा स्थानीयले सडक मर्मत गरेको साउँदले बताउनुभयो ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सम्मको झण्डै ५ किलोमिटर सडक निर्माण कार्य नन्देगडा कन्टेक्सनले १ करोड २२ लाखमा जिम्मा लिएको थियो ।

नन्देगडा कन्टेक्सन प्रालिका प्रोपराइटर रामबहाुदर बुढाले, सडक निर्माणको काम जारी छ, वर्खाको समय पानी परेका कारण निर्माणमा समस्या आएको हो । केही सडक पानीले भत्काइएकोले त्यो सबै मर्मत गर्ने तयारी भइरेको बताउनुभयो ।उहाँले भननुभयो, सडक निर्माण सम्मपन्नको काम आगामी असोज सम्म रहेकोले सोही समयम भित्रै सडक निर्माणको काम सम्मपन्न गर्ने पर्ने हुँदा कोही कसैले यसको बारेमा नकारात्मक नसोचिदिन हुन अनुरोध गरेको बताउनुभयो ।सडक निर्माणको ठेक्का आफुले लिएको भएपनि काम गर्ने जिम्मा अर्को सब ठेकेदारलाई दिएको हुनाले काममा अलि ढिलाइ भएको हो । आउँदो असोजमै यो सडकको पुरा हुने ठेकेदार बुढाले बताउनुभयो ।

नेपाली काँग्रेस अछामका पूर्व जिल्ला कार्यसमिति सदस्य तथा पूर्व मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहले,सडकमा भएका खाडलले गर्दा यातायात सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि त्यतिकै रहेकोले, सडक निर्माणको अवस्थाका बारेमा सम्बन्धित् निकायलाई जानकारी गर्दा सो निकायले अहिले सम्म कुनै ध्यान नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, सडक निर्माण कार्य नै लापरर्बाही देखिन्छ, आवश्य भएको ठाउँमा नालीको व्यवस्था हुनु पर्ने ग्याबिन राख्नु पर्ने यसो नगर्दा अहिले पुरै सडक भत्किएको बताउनुभयो । हात्तीकोट कुस्कोट सडक झण्डै ५ किलोकिटर सडक निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ सङघीय सरकारबाट २ करोड ८० लाख रुपियाँ बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

सडक डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवले, सडक निर्माणको काम जारी रहेकोले सोही अनुसारको रकम मात्र भुक्ती गर्न दिएको बताउनुभयो ।उहाँले भन्नुभयो, सङघीय सरकारबाट २ करोड ८० लाख रुपियाँ बजेट विनियोजन भएको भएपनि घटीघटाउँमा १ करोड २२ लाखमा नन्देगडा कट्क्सन प्रा,लिले सडक निर्माणको जिम्मा लिएको बताउनुभयो । पहिलो चरणमा ३६ लाखको काम मात्र भएकोले सोही अनुसार रकम भुक्तानी दिइएको छ । बाँकी रकम यती बेला प्रदेश सरकारबाट आउने भएकोले सोही अनुुसारको सम्झौता गर्नु पर्ने प्रमुख यादवले बताउनुभयो ।