निसर्ग हस्पिटल र सुदूरपश्चिमेली नेपाली समाज बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता


पैरवी खबर

कैलाली ।सुदूरपश्चिमेली नेपाली समाज र धनगढी उपमहानगरपालिका मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्पुर्ण सुदूरपश्चिमेली नेपाली समाजका पदाधिकारी, सक्रिय सदस्यहरू र तिनका परिवारले निसर्ग हस्पिटलमा उपचार गराउन जादाँ उपचारमा लाग्ने खर्चमा छुट दिने सम्झौता भएको हो ।

आईतवार उक्त सम्झौता पत्रमा समाजका तर्फवाट कोषाध्यक्ष भुवन प्रसाद भट्ट र हस्पिटलका तर्फवाट अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका छन् ।

अस्पताल भर्ना भएमा बिरामीलाई सामान्य बेडमा र क्याबिनमा १५ प्रतिशत, आईसियू र एनआईसीयू बेडमा १० प्रतिशत, औषधी उपचारमा ५ प्रतिशत , एक्सरे , भिडियो एक्सरे, ईसिजी, टिएमटि, इन्डिोसकोपी चेकजाँचमा १० प्रतिशत , प्याथलोजी चेकजाँचमा २० प्रतिशत , ल्याप्रोसकोपी अप्रेसनमा ५ प्रतिशत , जरलन सर्जरी, अर्थोपेडिकमा साढे ७ प्रतिशत हस्पिटलले छुट दिने गरि सम्झौता भएको समाजका अध्यक्ष धन बहादुर बलायरले बताउनुभयो ।

यस्तै उपचार गराउदा ठूलो रकम खर्च भएमा किस्तामा ४५ दिन भित्र रकम भुक्तानी गर्न सकिने पनि हस्पिटलले सुविधा दिएको छ । यसका लागि बिरामीले संस्थाको पत्र र परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ ।

सुदूरपश्चिमेली नेपाली समाजहरूको साझा अभियान अन्तर्गत यस अघि पनि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा बझाङ र दार्चुला मा स्वास्थ्य समस्या प्रति केन्द्रित रही महिला हरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका थियो ।

निसर्ग हस्पिटलले पनि समय समयमा यस्ता शिविर तथा आर्थिक अबस्था कमजोर रहेका बिरामीहरुलाई सहुलियत रुपमा उपचार सेवा दिदै आईरहेको छ ।

निसर्ग हस्पिटल र सुदूरपश्चिमेली नेपाली समाज बिचको यस सम्झौताले सुदूरपश्चिमेली नेपाली समाज संग आबद्ध भएका सदस्य एवं वहाँका परिवारका लागि ठुलो सहयोग पुग्ने समाजका केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख एवं द एसिया संयोजक दिनेश खड्का’खप्तडी’ले बताउनुभयो ।