सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रीय समिति गठन


पैरवी खबर

मलेसिया। सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति गठन गरिएको छ ।

आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङ मा सम्पन्न भएको पहिलो भेलाले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

जस्मा उपाध्यक्ष तारा दत्त भट्ट , महिला उपाध्यक्षमा निर्मला बोहोरा, सचिवमा मान बहादुर महरा, सह-सचिवमा भरत बोहोरा कोषाध्यक्षमा चन्द्र बहादुर बलायर, लाई सर्वसम्मत चयन गरिएको हो।

यसैगरी सदस्यमा क्रमशः टेक बहादुर पुजारा,देब राज पन्त, शंकर दत्त जोशी, विकाश अवस्थि, प्रमुख सल्लाहकारमा गोर्ख बहादुर खसवा , प्रथम सल्लाहकार मा नृप बहादुर कसरा लाई चयन गरिएको छ ‌।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भने मुख्य नाराका साथ भएको प्रथम भेला व्यवस्थापन संयोजक राम बहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाली राजदूतावास मलेसियाका जनसम्पर्क अधिकृत एवं सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का केन्द्रिय संरक्षक,संस्थापक टेक बहादुर बुढा रहनुभएको थियो भने विशिष्ट अतिथि सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का अध्यक्ष दिनेश खड्का’खप्तडी’ रहनुभएको थियो ।

यसैगरी अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाकि महिला संयोजक धर्मा साउँद ,सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष तिलक चन्द ठकुरी, सुदूरपश्चिमेली नेपाली समाज मलेसिया निबर्तमान अध्यक्ष तुलाराम धामि,समाजसेवि मोडल बिष्नु मल्ल रहनुभएको थियो ।

सुदूरपश्चिम प्रदेश घर भई मलेसिया को सेलांगोर राज्यमा विभिन्न कारणले बसोवास गर्दै आउनुभएका सुदूरपश्चिमेली नेपालीहरुको उपस्थिति रहेको थियो ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै नवगठित सेलांगोर समिति सहित मलेसियामा चार वटा क्षेत्रिय समिति पुगेको छ ।

रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासी हरूलाई एक शुत्रमा ल्याउने गरि विभिन्न देशमा समाजको स्थापना हुने क्रम बढ्दै गएको छ ।