प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागीका लागि अछामबाट ८ जना सिफारिस


पैरवी खबर

असार २२ ,साफेबगर ।
यही असार २४ र २५ गते धनगढीमा सुरुहुने प्रदेश स्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड कराते प्रतियोगितामा सहभागी हुनका लागि अछाम जिल्ला बाट दुइटा बिधामा ,काता र कुमुतेमा गरि जम्मा ८ जना खेलाडीहरु लाई सिफारिस गरिएको छ ।

छनौट हुनेमा पुरुष कुमुते तर्फ क्रमशः ४२,४७,५२ kg मा चेतमान केसी , आगमन ओड , सुदर्शन स्वार र महिला कुमुते तर्फ ४०,४५,५० मा अस्मिता भुल, अमिशा आउजी , भरोसा रावल रहेका छन ।

  1. काता बिधा तर्फ समीर विक,आस्विना कुवर लाई छनौट गरि प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागीका लागि सिफारिस गरिएको कराते प्रमुख प्रशिक्षक बि एस ओडले बताउनु भयो ।