सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन


पैरवी खबर

रोमानिया ।
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्रि निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न पहिलो भेलाबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

सुदूरपश्चिमकालागि सुदूरपश्चिमेली मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै रोमानियामा समाज बिस्तार गरेको हो ।

भेलाले लोकेन्द्र खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ जस्मा उपाध्यक्षमा प्रकाश सिंह ठकुरी, महासचिवमा सिर्जनाकरण ,सचिवमा राजकुमार श्रेष्ठ,कोषाध्यक्षमा समिर जिसि, सह-कोषाध्यक्षमा बिकाश अधिकारी,महिला संयोजक माया श्रेष्ठ, महिला उपसंयोजक मा बिना कार्की चयन भएका छन् ।

यसैगरी सदस्यमा क्रमशः अमृता शर्मा, अशोक जंग शाहि ,बिमल निरौला,सुवास थापा,बिमल ठकुरी,पुरन तिवारी,समिर साउँद सन्जु मगर,मनिष खत्री,ग्रेस थिङ, चेतमान खड्का,मिना खड्का,राज दंगाल,बिजय भाट ,प्रकाश खड्का,पुष्कर शाह, चयन भएका छन्।

आ-आफ्नो जीवन स्तर र उज्ज्वल भविष्यको सपना बोक्दै र आफ्नो जिवनमा परिवर्तन गर्नका लागि वैदेशिक रोजगार, शिक्षा,तथा व्यवसायी लगायत विभिन्न सिलसिलामा रोमानिया मा बसोबास गर्दै आएका सुदूरपश्चिमेली नेपाली हरुको सामुहिक छलफल सँग सुदूरपश्चिमेली नेपाली समाजको छाता संगठनको रुपमा गठन गरिएको अध्यक्ष लोकेन्द्र खत्रीले बताउनुभयो।

अध्यक्ष खत्रीको विशेष सक्रियतामा समाज गठन गरिएको हो । लामो समय देखि खत्री रोमानिया बस्दै आएका छन ।‌ नेपाली गित संगीतमा बाट उदाएका खत्रीका एक दर्जन भन्दा बढी एल्बम मा शब्द संकलन गरेका छन भने त्यति नै गितमा अभिनय पनि गरेका छन ।

र्यापरको रुपमा चिनेका लोकेन्द्र खत्रि पछिल्लो समयमा रोमानिया पनि साङ्गीतिक क्षेत्रबाट मात्र नभएर समाजसेविका रुपमा आफ्नो परिचय बनाउदै आएका छन् ।

सुदूरपश्चिम प्रदेश अछाममा हुर्केका खत्रीसँग भएको हाम्रो सम्वादमा रोमानिया पुगे पछिको हाल सम्मको ठुलो सफलता प्राप्त गरेको र यो समाजको लागि जुनसुकै मुल्य चुकाउन परे पनि पछि नहट्ने बताउदैं आफु सम्म रहेको समयलाई समाजको निर्माण र उदेश्य मा सदुपयोग गर्दै सुदुरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने खालका कार्यक्रम को आयोजना सँग समाजको उदेश्य प्राप्तिका लागि आम सुदूरपश्चिमेली नेपालीहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने अध्यक्ष खत्रीले जोड दिनुभयो।

अशोक जंग शाहीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा सुदूरपश्चिमेली नेपाली हरुको बाक्लो सहभागिता थियो ।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द-एसिया संयोजक समेत रहेका दिनेश खड्का’खप्तडी’ले रोमानिया पनि समाज बिस्तार भएकोमा खुशि ब्यक्त गर्दै सम्पूर्णलाई बधाई सँगै समाज स्थापना गर्न सहयोग समन्वय गर्नुहुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

आईतबार रोमानियाको कारो होटल बुकारेष्ट को सभा हलमा सम्पन्न भेलाको अध्यक्षता लोकेन्द्र खत्रीले गर्नुभएको थियो । कार्यक्रमको संचालन सृजनाकरणले गर्नुभएको थियो ।