अछाम । अछामको साँफेबगर नगरपालिकाले पहिलोपटक ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ। नगरपालिकाले साँफेबगर नगरपालिका वडा नं. ३ सिद्धेश्वरका ७० वर्षीय कृष्णराज उपाध्यायलाई पहिलो ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरेको हो।
नगरपालिकाले ज्येष्ठ नागरिकको पहिचान तथा सेवा–सुविधामा सहज पहुँचका लागि परिचयपत्र वितरण सुरु गरेको जनाएको छ।


