सुर्खेत पश्चिमको क्षेत्रीय सभापतिमा इन्द्रबहादुर रावललाई अघि सार्ने आह्वान


पैरवी खबर

सुर्खेत । सुर्खेत पश्चिममा लामो राजनीतिक तथा सामाजिक अनुभव भएका इन्द्रबहादुर रावललाई नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति क्षेत्र नं.२ ख पदमा विजयी गराउन आह्वान गरिएको छ।
पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका रावलले संगठन, कार्यकर्ता र समाजसँगको सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाउँदै आएको समर्थकहरूको दाबी छ।
रावलले राजनीति पद प्राप्तिका लागि मात्र नभई समाजका सबै वर्ग र समुदायको हक, हित, सम्मान तथा समान अवसरका लागि काम गर्ने माध्यम हुनुपर्ने मान्यता अघि सार्दै आएको बताइएको छ।
युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको ज्ञानलाई जोड्दै संगठनलाई व्यवस्थित, एकताबद्ध र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँको पक्षमा युवा, महिला, दलित, जनजाति, किसान, मजदुर, व्यवसायी लगायत सबै समुदायलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
समर्थकहरूले कठिन परिस्थितिमा निर्णय लिन सक्ने क्षमता, कार्यकर्तासँगको आत्मीय सम्बन्ध, सामाजिक जिम्मेवारीबोध र लामो राजनीतिक अनुभवलाई रावलको नेतृत्वसँग जोडिएका पक्षका रूपमा प्रस्तुत गरेका छन्।
क्षेत्रीय सभापति पदका लागि रावललाई भारी मतले विजयी गराउन आग्रह गर्दै समर्थकहरूले समावेशी र सशक्त नेतृत्व निर्माणमा जोड दिएका छन्।