अछामबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा दुई दिन रोक


पैरवी खबर

अछाम । निरन्तर वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्जन्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय अछामले लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न अछामबाट छुट्ने दिवा तथा रात्रिकालीन सबै लामो दूरीका सवारीसाधन २०८३ असोज १० र ११ गते पूर्णरूपमा सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सरोकारवाला सबैलाई निर्णयको पालना गर्न आग्रह गरेको छ। साथै कठिन परिस्थितिमा सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको जनाएको छ।